गुल्मीमा तीन वटा कर्मचारी संगठनको अधिवेशन
आइतबार, पुस ११, २०७८
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना
आइतबार, पुस ११, २०७८
पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेल कुचो लिएर सडकमा
शनिबार, पुस १०, २०७८
जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार बिहान एक व्यक्तिले हातमा कुचो समातेर बढारी रहेका थिए । प्रायःसरसफाई गर्ने व्यक्ति सरसफाई गर्दा प्रयोग गर्ने पोशाकमा हुन्छन् । तर शिरमा ढाकाटोपी, चट्ट कोट र पाइन्टमा सजिएका व्यक्तिले हातमा कुचो समातेर बढारिरहेको दृश्यले सबैको ध्यान केन्द्रित गरिरहेको थियो ।
चिसो बढेसँगै विद्यार्थीलाई न्यानो कपडा वितरण
शनिबार, पुस १०, २०७८
गुल्मी जिल्लामा राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । शुक्रबार जिल्लाको इस्मा गाउँपालिका वडा २ छल्दी स्थित नमूना निम्न माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरिएको हो ।
स्याङ्जालाई बीउमा आत्मनिर्भर बनाइँदैं
शनिबार, पुस १०, २०७८
जिल्लालाई बीउमा आत्मनिर्भर बनाउनका लागि जिल्लाभरिका बीउ उत्पादक समूह र सहकारीबीच समन्वय भएको छ । वालिङमा रहेको कृषि विकास स्रोतकेन्द्र र कृषि ज्ञानकेन्द्रका समन्वयमा जिल्लामा बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका किसानको भेलाले जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउनका लागि समन्वय गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति गुल्मीले गर्यो सहजीकरण बैठक
शनिबार, पुस १०, २०७८
मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गुल्मीको पहिलो सहजीकरण बैठक सदरमुकाम तम्घासमा भएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवलको आयोजना तथा जिल्ला समन्वय समितिको सहजीकरणमा बैठक गरिएको हो ।
शुक्रबार ३ सय ४९ जना संक्रमणमुक्त
शनिबार, पुस १०, २०७८
पछिल्लो २४ घण्टामा ३ सय ४९ जना कोराना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ३ सय ४९ जना संक्रमणमुक्त भएका हुन् ।
आज देशभर क्रिसमस डे मनाइदैं
शनिबार, पुस १०, २०७८
इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा आज क्रिसमस डे मनाउन लागिएको हो ।
पुस १० गते सार्वजनिक विदा
शुक्रबार, पुस ९, २०७८
सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिए ।
प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला
शुक्रबार, पुस ९, २०७८
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका थिए ।
रेसुङ्गा र मदाने वन क्षेत्रका स्थानीयलाई आयआर्जन कार्यक्रम
शुक्रबार, पुस ९, २०७८
नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षित वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा स्थानीयलाई विभिन्न आयआर्जनका कामहरुमा लगाएर वन क्षेत्रलाई संरक्षण र संवद्धन गर्न महत्पूर्ण काम गर्दै आएको हो ।
रोकिएन अवैध रूपमा बालुवा चोरी निकासी
शुक्रबार, पुस ९, २०७८
जिल्लाका विभिन्न भागमा अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ ।
तानसेनमा पारिवारिक लगत विवरण संकलन
शुक्रबार, पुस ९, २०७८
तानसेन नगरपालिकाले सबै घर परिवारलाई पारिवारिक लगत विवरण संकलन गर्न थालेको छ । संकलन विवरणलाई ‘फेमिली कार्ड’ का रुपमा विकास गरी नागरिकलाई उपलब्ध गराउन लागेको हो । नगरपालिकाले १४ वडामा लगत विवरण संकलन गर्न गणक खटाएको हो ।


