Shittalpati
काठमाडौं–४ मा गगन थापा विजयी
काठमाडौं–४ मा गगन थापा विजयी काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो पाल्पामा स्थानीय तहभन्दा कम मत खसेको छ । आइतबार सम्पन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाभर ६० दशमलव ९४ प्रतिशत मत खसेको छ । जिल्लामा २ लाख १ हजार ३ सय २६ मतदात रहेकोमा १ लाख २२ हजार ६ सय ९४ मत खसेको हो ।
काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी
काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँंग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
गुल्मी –२ मा गोकर्ण विष्टको अग्रता
गुल्मी –२ मा गोकर्ण विष्टको अग्रता छिल्लो मत परिणाम अनुसार जिल्लाको क्षेत्र नं .२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमाले नेता तथा पूर्ण मन्त्री गोकर्णराज विष्ट ८ हजार ७७ मत ल्याएर अग्रस्थानमा छन् ।
पाल्पामा एमाले अगाडि, पछ्याउदै गठबन्धन
पाल्पामा एमाले अगाडि, पछ्याउदै गठबन्धन ,पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अन्ुसार एमालेका उम्मेदवार अगाडि आएका छन् ।
पाल्पा –२ मा गठबन्धन अगाडि
पाल्पा –२ मा गठबन्धन अगाडि पाल्पा क्षेत्र नं . २ मा सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
पाल्पा क्षेत्र नं . १ मा पनि थालियो मत गणना
पाल्पा क्षेत्र नं . १ मा पनि थालियो मत गणना पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु भएको छ । करिव ६ः१५ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको हो । यहाँ निस्दी गाउँपालिका १ को बाकामलाङबाट मतगणना सुरु भएको छ ।
पाल्पा क्षेत्र नं. २ को मत गणना सुुरु
पाल्पा क्षेत्र नं. २ को मत गणना सुुरु पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । करिव ४ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको मत गणनास्थलबाट हाम्रा संवाददाता कृष्ण पोखरेलले बताए ।
गर्भवतीको हेलिकप्टरबाट उद्धार
गर्भवतीको हेलिकप्टरबाट उद्धार कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।
प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता
प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।
पाल्पामा सर्वदलीय बैठक, केही बेरमा मतगणना हुने
पाल्पामा सर्वदलीय बैठक, केही बेरमा मतगणना हुने पाल्पामा मतगणनाको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु हुनेछ ।
Weather Update