जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार
शनिबार, माघ २९, २०७८
वैशाखबाट नयाँ शैक्षिक सत्र
शुक्रबार, माघ २८, २०७८
विश्वभर फैलिएको कोरोना संक्रमणका कारण विथोलिएको शैक्षिक सत्र यो वर्ष वैशाखबाटै भौतिक उपस्थितीमा गर्ने तयारी थालिएको छ । संक्रमण अवस्था साम्य भए वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको योजना छ ।
पाल्पामा शुक्रबार थप ६८ जनाले कोरोना जिते
शुक्रबार, माघ २८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४१ जना महिला र २७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण
शुक्रबार, माघ २८, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिकाले घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । यहाँका ७० वर्ष माथिका नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिने गरिएको छ । प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।
एसईई वैशाख ९ गतेदेखि हुने
बिहीबार, माघ २७, २०७८
माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय भूमि आयोग गुल्मीद्वारा आगामी रणनीति सार्वजनानिक
बिहीबार, माघ २७, २०७८
राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले आगामी रणनीति सार्वजनिक गरेको छ । समितिले पत्रकार सम्मेलन गरी आगामी कार्यक्रम तथा रणनीति सार्वजनिक गरेको हो ।
‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबालाई
बुधबार, माघ २६, २०७८
ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले प्राप्त गरेको छ । योसँगै सामुदायिक विद्यालयतर्फ यो विद्यालय इन्टरनेश्नल स्कुल अवार्ड प्राप्त गर्ने गुल्मीको पहिलो विद्यालय बनेको छ ।
रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर
बुधबार, माघ २६, २०७८
स्वास्थ्य कार्यालय गुल्मीले गुल्मीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर १ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा स्वास्थ्य कार्यालय गुल्मीले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको उपस्थितिमा...
पाल्पामा बुधबार थप ७३ जना संक्रमित कोरोनामुक्त
बुधबार, माघ २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ७३ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २८ जना महिला र ४५ जना पुरुष संक्रमित कोरोनामुक्त भएका हुन् ।
दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ
बुधबार, माघ २६, २०७८
विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडाँै ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मुद्दामा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलले २०५७ सालदेखि विभिन्न व्यक्तिलाई डर, धाक, धम्की र विभिन्न उच्च पदस्थ व्यक्तिको पहुँच देखाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।
शिक्षकका लागि दुई लाख चालिस हजारभन्दा बढी आवेदन
बुधबार, माघ २६, २०७८
शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको शिक्षक पदका लागि दुई लाख ४० हजार ४ सय ५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २ सय ३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेद्वारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
खोपको विवरण पठाउन निर्देशन
मंगलबार, माघ २५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि (बुधबार) सम्म कोरोना भाइरस विरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।


