Shittalpati
तानसेनमा ‘जुग पञ्चदान’ पर्व मनाइयो
तानसेनमा ‘जुग पञ्चदान’ पर्व मनाइयो बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने ‘जुग पञ्चदान’ पर्व तानसेनमा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन पाल्पासहित देशैभरका बौद्धमार्गी नेवार समुदायले यो पर्व मनाउने गर्दछन् ।
‘जनताको साथमा काँग्रेस’
‘जनताको साथमा काँग्रेस’ ‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो । जुन अभियान शुक्रबारदेखि पाल्पासहित देशैभर शुभारम्भ भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यासमितिले पाल्पाको अभियानमा केन्द्रीय सदस्य अब्दुल रञ्जाकलाई खटाएको छ । पाल्पामा पनि तानसेनमा एक औपचारिक कार्यक्रम...
आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै
आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज पिताको विशेष सम्मान गरी मनाइँदै छ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
आपत्कालिन स्वास्थ्य प्रतिकार्य निर्माणमा रेडक्रस
आपत्कालिन स्वास्थ्य प्रतिकार्य निर्माणमा रेडक्रस नेपालमा दिनहुँ स्वास्थ्य विपद्का घटनाहरु बढ्दै गएपछि नेपाल रेडक्रस शोसाईटी पाल्पाले तानसेन नगरपालिकासँग समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपत्कालिन स्वास्थ्य कार्यक्रम तथा आपत्कालिन स्वास्थ्य प्रतिकार्य योजना तर्जुमा कार्यक्रम गरेको छ ।
पाल्पासहित देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ
पाल्पासहित देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ ‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो ।
रैनादेवी छहरामा १७ वर्षीय किशोर मृत फेला
रैनादेवी छहरामा १७ वर्षीय किशोर मृत फेला जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा एक किशोर मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका ८ खुर्सानेका १७ वर्षीय लीलाबहादुर कार्की शुक्रबार विहान मृत अवस्थामा फेला परेका हुन् ।
नागरिकता बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
नागरिकता बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको संख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ता
प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ता मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि ८७ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार अगामी प्रतिनिधि सभाको निर्वाचनाका लागि ८७ वटा दलले दर्ता गराएका हुन् । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ ।
पाल्पामा बुधबार थप १५ जना कोराना संक्रमणमुक्त
पाल्पामा बुधबार थप १५ जना कोराना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
निर्वाचनको तयारीमा जुटे लुम्बिनीका दलहरु
निर्वाचनको तयारीमा जुटे लुम्बिनीका दलहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् ।
बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज
बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले बिउ प्रशोधन थालेको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै बिउ समूहद्वारा उत्पादित बिउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादी उपचार गर्ने र प्याकेजिङ गर्न थालिएको हो ।
बन्दले नागरिकलाई सास्ती
बन्दले नागरिकलाई सास्ती लामो समय बन्द, हड्तालको सास्ती झेल्न नपरेका नेपालीले मंगलबार भने फेरी सास्ती झेल्नु पर्‍यो । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले सरकारसँग भएको आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेपाल बन्दको आह्वान गरेपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।
Weather Update