Shittalpati
टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
तीन मन्त्री नियुक्त
तीन मन्त्री नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका छन् ।
सचिव टेकनारायण पाण्डे पक्राउ
सचिव टेकनारायण पाण्डे पक्राउ नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
चन्द्र भण्डारीको नेपालमै उपचार हुँदै
चन्द्र भण्डारीको नेपालमै उपचार हुँदै आगलागीमा परी घाइते भएका नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद डा चन्द्र भण्डारीको नेपालमै थप उपचार भइरहेको छ । साढे दुुई महिना भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराई नेपाल फर्किएका भण्डारीको मंगलबारदेखि नेपालमै उपचार सुरु गरिएको हो ।
विद्यालयमै उपचार सेवा
विद्यालयमै उपचार सेवा विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैं पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा तानसेनका ठूला अस्पताल जानुपर्ने बाध्यता थियो । उपचारका अभावमा विद्यार्थीहरु नियमित हुन नसकिरहेका बेला पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको एक विद्यालयमा भने नर्ससहितको सेवा दिइएको छ ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज विश्व प्रेस स्वतन्त्रता दिवस आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै नेपाल सहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।
नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व आएको छ । सोमबार तानसेनमा भएको युनियनको सातौं अधिवेशनले निलकण्ठ देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । निर्माण व्यवसायी, सहकारी अभियान्ता तथा सामाजिक क्षेत्रमा क्रियाशिल देवकोटालाई अधिवेशनले निर्विरोध निर्वाचित गरेको छ ।
विकास र समृद्धिका लागि श्रमिकको उचित सम्मान गरौं : सांसद राना
विकास र समृद्धिका लागि श्रमिकको उचित सम्मान गरौं : सांसद राना लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले मुलुकको विकास र समृद्धिका लागि श्रमिक वर्गहरुको योगदान महत्वपूर्ण रहेकाले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाको सातौ जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले संगठीत र असंगठीत रुपमा रहेका श्रमिक वर्गहरुकै कारण मुलुकको समृद्धि र विकास...
वालिङमा अनलाइनबाटै घर नक्सा पास
वालिङमा अनलाइनबाटै घर नक्सा पास स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।
योजनाहरुको विषयमा छलफल
योजनाहरुको विषयमा छलफल जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षबिच सोमबार नगरपालिकामा छलफल भएको हो ।
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस मानव अधिकार तथा शान्ति समाज पाल्पाले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । समाजले सोमबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएको हो ।
Weather Update