Shittalpati
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीको भेन्टिलेटर हटाइएको छ । मुम्बईमा रहेका नेपाली काँग्रेसका नेता योगराज कंडेलका अनुसार आज बिहानसम्म सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेका कारण परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो ।
प्रजातन्त्रको स्मरण हुन्छ, अनुसरण हुँदैन
प्रजातन्त्रको स्मरण हुन्छ, अनुसरण हुँदैन हरेक वर्षको फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा स्मरण गरिन्छ । आइतबार पनि राजनीतिक दल, नेता र सरकारका सम्पूर्ण निकायले प्रजातन्त्रको स्मरण गरे । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा र उनीहरूको सपनाको सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्,...
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु आगोमा जलेर गुल्मीकी एक ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ४५ वर्षीय थानेश्वर सुवेदी ससुरालीमा मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भारकोटमा रहेको आफ्नै ससुराली प्रेम विश्वकर्माको घरमा आइतबार विहान सुुवेदी मृत फेला परेका हुन् ।
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
उपनिर्वाचनका लागि दल दर्ता आह्वान आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न...
रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र
रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो ।
सांसद भण्डारीको ‘दुवै खुट्टाको शल्यक्रिया, आत्तिनुपर्ने अवस्था छैन’
सांसद भण्डारीको ‘दुवै खुट्टाको शल्यक्रिया, आत्तिनुपर्ने अवस्था छैन’ घरमै ग्याँस लिक भएर आगलागी हुँदा जलेर घाइते भएका काँग्रेस नेता तथा गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार जारी छ । सांसद भण्डारीको अवस्था स्थिर रहेको र आज दुवै खुट्टाको सफल शल्यक्रिया गरिएको नेपाली काँग्रेसका नेता योगराज कँडेलले मुम्बईबाट जानकारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो ।
काँग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
काँग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै बुधबार राति खाना पकाउने ग्याँस लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली काँग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।
डा.चन्द्र भण्डारी र आमा कसरी परे आगलागीमा ?
डा.चन्द्र भण्डारी र आमा कसरी परे आगलागीमा ? बुुधबार राति घरमा आगलागी हुँदा नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते भए । आमा ८६ वर्षीया हरिकलाको त उपचारका क्रममा मृत्यु भयो भने डा.भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । ग्याँस लिकेज भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि यकिन छैन ।...
रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई
रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई निर्माण गरिएको रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । १५ शैयाको उक्त भवन एक कार्यक्रमका बिच रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यन्वयन इकाई रुपन्देहीबाट बजेट विनियोजन भई भवन निर्माण गरिएको थियो ।
निःशुल्क एम्बुलेन्स चलाउँदै वडा सदस्य थापा
निःशुल्क एम्बुलेन्स चलाउँदै वडा सदस्य थापा गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले ह्वादी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएका हुन् । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आएका छन् ।
Weather Update