मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने
आइतबार, असार १०, २०८०
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने
आइतबार, असार १०, २०८०
नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो आदेशका अवज्ञा गर्नेलाई तीन महिनासम्म कैद र रु १० हजार जरिवानाको व्यवस्था ऐनमा...
नक्कली परीक्षार्थी पक्राउ
शनिबार, असार ९, २०८०
सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।
बेपत्ता भएको १२ वर्षपछि घर
शनिबार, असार ९, २०८०
लमजुङ दुतपोखरी गाउँपालिका– ५ कोलीका ८५ वर्षीय बौद्ध गुरुङ्ग बेपत्ता भएको १२ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । १२ वर्ष अघि आफ्न्त भेट्न चितवन हिडेका गुरुङ्ग बाटोबाटै वेपत्ता भएका थिए । बेपत्ता उनी अहिले परिवारको सम्पर्कमा आएका हुन् । स्पष्ट बोल्न नसक्ने र गुरुङ्ग भाषा मात्र बुुझ्ने गुरुङ्ग २०६८ सालमा...
महिलालाई पञ्चेबाजा बजाउन सिकाउँदै मदाने
शनिबार, असार ९, २०८०
पछिल्लो समय नेपाली समाजमा पञ्चेबाजा हराउँदै गएका छन् । पञ्चेबाजा संरक्षणमा स्थानीय सरकारले चासो नदिएका कारण पञ्चेबाजा हराउदै जान थालेका हुन् ।
देशभर मनसुन प्रणाली फैलियो
शुक्रबार, असार ८, २०८०
गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । शुक्रबारदेखि यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको हो । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनताका मुद्दा ओझेलमा परे : सभापति लामिछाने
शुक्रबार, असार ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उहाँले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताए ।
रामपुरमा अवैध काठ बरामद
शुक्रबार, असार ८, २०८०
जिल्लाको रामपुरमा अवैध काठ बरामद गरिएको छ । रामपुर नगरपालिका–७ मल्याङस्थित बाहुुनडाँडाबाट किसानबारीतर्फ जाँदै गरेको लु ३ त ५६१३ नम्वरको ट्याक्टरबाट प्रहरीले अवैध काठ बरामद गरेको हो ।
नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना
शुक्रबार, असार ८, २०८०
नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ ।
प्रेस युनियन पाल्पाले भन्यो ‘महासंघको सदस्यता शुुद्धीकरण केन्द्रीय मापदण्ड अनुुसार हुनुपर्छ’
बिहीबार, असार ७, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाले पत्रकार महासंघको सदस्यता शुद्धीकरण केन्द्रीय समितिले निर्धारण गरेको मापदण्ड अनुसार हुनुपर्ने बताएको छ । पत्रकार महासंघ पाल्पा शाखाले आफु अनुकुल मापदण्ड बनाएर सदस्यता शुद्धीकरणका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेसँगै युनियनले विज्ञप्ति जारी गर्दै महासंघको केन्द्रीय मापदण्ड अनुसार गर्न महासंघलाई आग्रह गरेको हो ।


