Shittalpati
आज मगर जातिको भूमे पर्व
आज मगर जातिको भूमे पर्व मगर समुदायको प्रमुख चाड मध्ये भूमे (भुम्या) पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा...
‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित
‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित गुल्मीको मालिका गाउँपालिका–८ ले यहाँको मर्भुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘कफी किसान पाठशाला’ तालिम सञ्चालन गरेको छ । तालिम पाएपछि कफी किसानमा थप उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी किसान पाठशाला सञ्चालन गरिएको थियो ।
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ । 
रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा
रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा जिल्लाको रामपुर एक महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा भएको छ ।  लोक सेवा आयोगमा अभिरुची राख्ने र परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो । 
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता भएकी छिन् । आज रामपुर नगरपालिका–८ भुजात स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा १४ वर्षिय पार्वती रामजाली डुबी बेपत्ता भएकी हुन् । 
बुधबारदेखि मनसुन भित्रियो
बुधबारदेखि मनसुन भित्रियो नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’
‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रक्तदान जीवनदान भए पनि चेतना अभावले गर्दा अझै पनि माननिसहरु रक्तदान गर्न हिचकिचाउने गरेको बताएका छन् ।  रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितालाई तानसेनमा सम्बोधन गर्दै उनले चेतना नहुँदा मानिसहरु अझै पनि रक्तदान गर्न हिचकिचाउने गरेको बताएका हुन् ।
‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा  प्रथम भईन रामपुरकी घिमिरे
‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा  प्रथम भईन रामपुरकी घिमिरे  विश्व रक्तदान दिवशको अवशरमा नेपाल रेडक्रस सोसाईटी पाल्पाले आयोजना गरेको जिल्लास्तरीय रक्तदान जीवनदानमा युवाहरुको भूूमिका वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी माध्यमिक विधालय रामपुरकी सुरक्षा घिमिरे प्रथम भएकी छन् ।  यसै गरी  न्य होराइनज विधालय तानसेनकी कृशिला ढुंङ्गाना दोस्रो भएकी छन्  भने दमकडा नमुना माध्यमिक विधालयकी सपना भण्डारी तेस्रो भएकी छन् । विजयी...
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा प्रकाशित श्रमजीवी बुलेटीनको अंक सार्जनिकीकरण गरिएको छ । युनियनले बुुधबार एक औपचारिक कार्यक्रमकाबिच बुलेटीनको वर्ष १०, अंक १ को सार्वजनिकीकरण गरेको हो ।
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित दादुराको प्रकोपबाट १६ जिल्लाका  एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो । 
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह लगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो ।
Weather Update