Shittalpati
१७ महिनापछि पाल्पाका प्रजिअ पन्तको गृहमन्त्रालयमा सरुवा
१७ महिनापछि पाल्पाका प्रजिअ पन्तको गृहमन्त्रालयमा सरुवा १७ महिनाको अवधिमा पाल्पामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर जगन्नाथ पन्तले जिल्लामा केही नमुना योग्य काम गरेको पाल्पाका राजनीतिक दल, पत्रकार, विभिन्न संघ संस्थाले बताएका छन् । १७ महिनाको बसाई पछी गृहमन्त्रालय सरुवा भएका पन्तले स्थानीयतह, प्रदेश र संघको निर्वाचन विवाद रहित तरीकाले सम्पन्न गरेको, जिल्लामा शान्ति सुरक्षा कायम गरेकोमा...
आरनका आधुनिक साधन वितरण
आरनका आधुनिक साधन वितरण बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो ।
दोहाकतारमा रहेका पाल्पालीद्वारा विद्यालयमा अक्षयकोष
दोहाकतारमा रहेका पाल्पालीद्वारा विद्यालयमा अक्षयकोष दोहाकतारमा रहेका पाल्पालीहरुले पाल्पाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । रोजगारको शिलसिलामा कतार पुगेकाहरुले संकलन गरेको रकम पाल्पाली सेवा समाज दोहाकतारले जिल्लाको पूर्वखोलामा रहेको उद्बुद्ध उमाविमा अक्षयकोष स्थापना गरिदिएको हो ।
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ ।
रेल दुर्घटनामा ३२ को मृत्यु
रेल दुर्घटनामा ३२ को मृत्यु ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
रास्वपाको चुनाव चिह्न फेरियो
रास्वपाको चुनाव चिह्न फेरियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।
राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू
राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचारसंहिता लागु गरेको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको जनाएको छ ।
संंकटमा लुम्बिनी प्रदेश सरकार
संंकटमा लुम्बिनी प्रदेश सरकार संघीय सरकारमा सत्ता फेरबदलसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको छ । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेससहित ८ दलको नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार संकटमा पर्ने देखिएको हो ।
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।
सुरु भयो होली पर्व, आठ वर्षपछि तानसेनमा ठड्याइयो चीर
सुरु भयो होली पर्व, आठ वर्षपछि तानसेनमा ठड्याइयो चीर रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन पाल्पाको तानसेनस्थित टक्सारटोलमा विधिवत रुपमा चीर ठड्याइएको छ । गणेश मन्दिरको मूलद्धार अगाडि रंगीचंगी धजाले सिंगारिएको चीर आठ वर्षपछि गाडिएको हो ।
मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो
मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ  । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक...
Weather Update