आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति
शुक्रबार, जेठ ५, २०८०
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस्
शुक्रबार, जेठ ५, २०८०
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दवाब र प्रभाव हुन नदिन खबरदारीका लागि पाल्पासहित देशभरका ठूला शहरमाहरुमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदै आएको छ ।
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
बिहीबार, जेठ ४, २०८०
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण
बिहीबार, जेठ ४, २०८०
जिल्लाको रामपुरमा बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला
बिहीबार, जेठ ४, २०८०
जिल्लाको कालीगण्डकी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । पालिका भित्रका प्रावि, निमावि र माविमा अध्यापन गराउने शिक्षकहरुका लागि पालिकाले दुई दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर
बिहीबार, जेठ ४, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरूसमेतको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि पाल्पासहित देशभर भ्रष्टाचारविरोधी अभियान सुरु भएको छ । पाल्पाको तानसेन, बुटवल, काठमाडौंको माइतीघर, कास्कीको पोखरालगायतका स्थानमा भ्रष्टाचारविरोधी प्रदर्शन भइरहेका छन् ।
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण
बुधबार, जेठ ३, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । तानसेनस्थित कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममाा निवर्तमान अध्यक्ष भरत शार्मले नवनिर्वाचित अध्यक्ष मन गहिरेलाई युनियनको विधान दिएर पद हस्तान्तरण गरेका हुन् ।
बेवारिसे शव पहिचान हुन सकेन
बुधबार, जेठ ३, २०८०
गत वैशाख १५ गते जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित फुलफुले सामुदायिक जंगलमा बेवारिसे अवस्थामा भेटिएको शव अहिलेसम्म पहिचान हुन सकेको छैन । शव सडेगलेको र मृतका आफ्न्ता अहिलेसम्म पनि सम्पर्कमा नआएकाले पहिचान हुन नसकेको हो ।
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु
बुधबार, जेठ ३, २०८०
जिल्लाको तानसेनस्थित भुषालडाँडामा रहेको निलसागर आश्रममा एक पुरुषको मृत्यु भएको छ । बुधबार विहान आश्रममा रहेका अन्दाजी ६२ वर्षीय राजु सुब्बा नाम बताउने व्यक्तिको मृत्यु भएको हो ।
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’
बुधबार, जेठ ३, २०८०
कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य...
स्वघोषणा सदस्यता त्याग गर्न पत्रकार महासंघ पाल्पाको अनुरोध
बुधबार, जेठ ३, २०८०
नेपाल पत्रकार महासंघ पाल्पाले सदस्यता शुद्धिकरण मापदण्ड २०७९ बाहिर पर्ने सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गर्न अनुरोध गरेको छ । महासंघ पाल्पाको मंगलबार बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ केन्द्रिय समितिले जारी गरेको निर्यण अनुसार आगामी १० दिन भित्र नयाँ मापदण्ड भन्दा बाहिरका सदस्यहरुलाई स्वघोषणा गरी सदस्यता त्याग गर्न अनुरोध गरेको हो ...
पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, जेठ २, २०८०
पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ७ जनामा कोरोना देखिएको हो ।
लुम्बिनी काँगेसको प्रशिक्षण, प्रशिक्षणले पार्टीलाई बलियो बनाउँछ : सभापति पुन
मंगलबार, जेठ २, २०८०
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सभापति अमर पुनले प्रशिक्षक परीक्षणले पार्टीलाई बलियो बनाउने बताएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा व्युठानको स्वर्गद्वारीमा भएको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

.jpg)
