पाल्पा,जिल्लाको रिब्दीकोट गाउँपालिका –७ मैनादी कटहरबारीमा एक पुरुष मृत भेटिएका छन् । कटरबारीस्थित खाली गोठमा एक्लै बस्दै आएका रैनादेवी छहरा गाउँपालिका –५ अधेरी खोलाका ५४ वर्षीय नेत्रप्रसाद पराजुली सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
सोमबार घरमाथिको बाटोमा देखिएका पराजुली अर्को दिन कही कतै नदेखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय मुझुङ्गलाई खबर गरेका थिए । खबर लगत्तै मुझुङ्गबाट गएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्दा ढोकाको चुक्कल लगाई गोठ भित्रै सुतेको अवस्थामा भेटाएका थिए ।
स्थानीय र जनप्रतिनिधिको रोहबरमा ढोका फोडी हेर्दा मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पराजुली गोठ भित्रै विस्तारमा उत्तानो अवस्थामा रहेका थिए । उनी विगत ७ वर्षदेखि एक्लै खाली गोठमा बस्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।