सीईआबीले लियो नेपाल र भट्टराईसँग बयान
सोमबार, भदौ ४, २०८०
भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ
सोमबार, भदौ ४, २०८०
भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।
सवारी दुर्घटनामा दुईको मृत्यु
सोमबार, भदौ ४, २०८०
रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।
दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी
सोमबार, भदौ ४, २०८०
तानसेनका केही किराना पसलका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको पाइएको छ । बजार अनुगमन नियमित नहुँदा व्यापारीले बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य मनपरी लिने र म्याद गुज्रिएका खाद्यान्न विक्रि गर्ने गरेका छन् । आइतबार तानसेन बजारका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा समेत व्यापारीहरुले उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको...
कालीगण्डकीमा केरा खेतीलाई प्रोत्साहन : एक दिन केराका परिकार अनिवार्य
सोमबार, भदौ ४, २०८०
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ । गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
नागको पूजा गरी आज नाग पञ्चमी मनाइँदै
सोमबार, भदौ ४, २०८०
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नाग पञ्चमी आज मनाइँदै छ । परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास...
वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ?
आइतबार, भदौ ३, २०८०
जिल्लाको बगनासकाली गाउँपालिकामा अहिले राजनैतिक दल र जनप्रतिनिधीहरुबिच हिलो छ्यापा छ्यापको अवस्था सिर्जना भएको छ । कार्यपालिकाका सदस्य स्वयंलाई कार्यपालिकाले नै कारवाही स्वरुप जरिमाना तोकेपछि यसले राजनीतिक गन्ध लिएको हो ।
परिवार नियोजन संघले मनायो विश्व मानवता दिवस
आइतबार, भदौ ३, २०८०
जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले विश्व मानवता दिवस मनाइएको छ । संघले शनिबार अन्तक्र्रियासँगै मानव सेवामा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।
अनैतिक सम्बन्ध राख्दै गर्दा : चौकी इन्चार्ज पक्राउ
शनिबार, भदौ २, २०८०
महिला हिंसा राक्नेकार्यमा लाग्नुपर्ने प्रहरी नै एकल महिलासंग अनैतिक सम्बन्ध राखेको भन्दै गाउँलेले शुक्रबार मध्येराती स्थानीय प्रहरी चौकीका ईन्चार्जलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
बुटवल मिडिया सम्मेलन : १३ बुँदे घोषणापत्र जारी गर्दै सकियो
शनिबार, भदौ २, २०८०
लुुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिएको प्रादेशिक मिडिया सम्मेलन १३ बुुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा शुक्रबारदेखि सञ्चालन भएको सम्मेलनले शनिबार लुम्बिनी केबलकारको टपस्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरबाट १३ बुँदे वसन्तपुर घोषणापत्र–२०८० जारी गरेको हो ।
गुल्मीमा वडाध्यक्ष मृत फेला
शनिबार, भदौ २, २०८०
गुल्मीमा एक वडा अध्यक्ष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष मोहन घिमिरे शनिबार विहान मृत अवस्थामा फेला परेका हुुन् ।
श्रमिकको न्यूनतम ज्याला बढ्यो
शनिबार, भदौ २, २०८०
सरकारले चालुु आर्थिक वर्षको साउन १ देखि नै लागू हुने गरी श्रमिकको न्यूनतम तलब मासिक १७ हजार ३ सय कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै श्रमिकको तलब वृद्धि गरेको हो ।
कम्प्युटर इन्जिनियर व्यावसायिक बाख्रापालनमा
शनिबार, भदौ २, २०८०
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन् । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् ।


