सहिद बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी
सोमबार, चैत ६, २०७९
त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियु
सोमबार, चैत ६, २०७९
तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ । नेपाल विद्यार्थी संघका कृष्ण अर्यालको अध्यक्षमा सर्वपक्षीय स्ववियु गठन भएको हो ।
आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं
सोमबार, चैत ६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिंदै छन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
पुराना घरेलु सामग्री ‘शैक्षिक संग्रहालय’मा
सोमबार, चैत ६, २०७९
आधुनिकताको प्रभावले पुराना सामग्रीको प्रयोग बिर्सदै जाने गरिएको छ । अहिलेको परिस्थितीमा पहिले गाउँघरमा दैनिक चलनचल्तीमा आउने सामग्री हिजोआज खासै देख्न पाइँदैन । आधुनिक वस्तुको प्रयोग बढ्न थालेपछि पुर्खौली सामान गाउँघरबाटै लोपोन्मुख अवस्थामा छ । हिजोका दिनमा दैनिकजसो सबैका घर घरमा प्रयोगमा ल्याइएका सामग्री लोप हुँदै गएपछि अहिले संग्रहालयमा मात्रै...
१४ वर्षपछि स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै चुनाव
आइतबार, चैत ५, २०७९
१४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालयसहित देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको हो ।
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
आइतबार, चैत ५, २०७९
पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।
उपराष्ट्रपतिको शपथ सोमबार
आइतबार, चैत ५, २०७९
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी तिव्र
आइतबार, चैत ५, २०७९
पाल्पाको छहरामा हुुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी तिव्र पारिएको छ । देशभरका रायमाझीहरुको उद्गमस्थलको रुपमा रहेको छहरामा हरेक पाँच/पाँच वर्षमा ऐतिहासिक कूल पूजा हुुने गर्दछ । यस पटकको कूल पूजा आगामी बैशाख २७ गते हुन लागेको छ । देशभर छरिएर रहेका रायमाझी बन्धुहरुको मिलन उत्सवका रुपमा हेरिने कूूल पूजाको...
पाल्पा डढेलोको जोखिममा, मानवीय लापरबाहीले जोखिम बढ्यो
आइतबार, चैत ५, २०७९
पाल्पा डढेलोको जोखिममा रहेको छ । यहाँ हरेक वर्ष डढेलोका घटनाहरु बढ्ने गर्दछन् । गर्मीयाममा नडढेको वन शायदै भेटिएला । अहिले पनि चैत लाग्न साथै पाल्पामा डढेलोेका घटनाहरु बढ्न थालेका छन् । यहाँको ७१ हजार एक सय ७० अर्थात् ५२ दशमलव १० प्रतिशत बन क्षेत्रले ओगटेको छ । जसमा डढेलोको...
तानसेनको दमकडामा कृषि मेला
आइतबार, चैत ५, २०७९
जिल्लाको तानसेन नगरपालिका –९ मदनपोखरास्थित दमकडाको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी भएको छ । कृषि उत्पादन बढाउन, कृषकलाई प्रविधिसँग जोडी उद्योगको रुपमा विकास गराउने अभिप्रायले एक दिने कृषि मेलाको आयोजना गरिएको हो ।
सभामुखलाई पत्रकार महासंघको चुनौती : ‘पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्नुहोस्’
शनिबार, चैत ४, २०७९
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्तिप्रति महासंघले आपत्ति जनाउँदै त्यसको पुुष्टि गर्न चुनौति दिएको हो ।
सभामुखको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण
शनिबार, चैत ४, २०७९
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पत्रकारहरुमाथि आँच आउने गरी दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्ति दिएपछि युनियनले गम्भीर ध्यानाकर्षण जनाएको हो ।


