Shittalpati
समीकरण जोसँग भए पनि माओवादीकै नेतृत्वमा सरकार रहन्छ :  नारायणकाजी श्रेष्ठ
समीकरण जोसँग भए पनि माओवादीकै नेतृत्वमा सरकार रहन्छ : नारायणकाजी श्रेष्ठ नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक पूूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनमा समीकरण परिवर्तन भए पनि सरकार माओवादीको नेतृत्वमै रहिरहने बताएका छन् । शुक्रबार पार्टीको दुई महिने बैचारिक राजनीतिक तथा सांगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै उनले राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस वा एमाले जो सुकैको समीकरणमा माओवादीले समर्थन...
स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ
स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ ।
बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने
बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति लिएको छ ।
प्यारागनका विद्यार्थीले पाए दुर्घटना बीमा बापतको भुक्तानी
प्यारागनका विद्यार्थीले पाए दुर्घटना बीमा बापतको भुक्तानी तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीले दुर्घटना बीमा बापतको भुक्तानी रकम पाएका छन् । नेको इन्सुरेन्स लिमिटेड तानसेन शाखाले यहाँका दुई जना विद्यार्थीको दुर्घटना बीमा बापतको २७ हजार रकम भुक्तानी गरेको हो । स्कूलको २३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विद्यालय मार्फत विद्यार्थीका अभिभावकलाई भुक्तानी रकम हस्तान्तरण गरेको छ ...
सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव
सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव तानसेन नगरपालिका–७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१३ सालमा सामुदायिक विद्यालयको रुपमा स्थापना भएको विद्यालयले भव्य समारोहकाबीच वार्षिकोत्सव मनाएको हो ।
तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान
तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित पिपरी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो अभियान शुभारम्भ गरे ।
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क संकलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ ।
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कूलले १० दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा
देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरुप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताएका छन् । उनले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताए ।
युएई र कतार जान ट्याक्सी चालकलाई रोक
युएई र कतार जान ट्याक्सी चालकलाई रोक वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जनाले मतदान गर्ने
राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जनाले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचनका लागि ८ सय ८४ जनाले मतदान गर्न पाउने भए पनि निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८ सय ८१ जनाको नाम रहेको छ । प्रतिनिधिसभा सदस्य २ सय ७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५ सय...
अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो
अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् ।
Weather Update