इजरायलमा भएका नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा
मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय
काठमाडौं, सरकारले इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा मंगलबार( भोली) राष्ट्रिय शोकमा घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।
उनीहरूको सम्मानमा मंगलबार आधा झण्डा झुकाइने छ । देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने बताइएको छ ।
त्यस्तै, सरकारले ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्