Shittalpati
तानसेनका थप ४ जनामा कोरोना देखियो
तानसेनका थप ४ जनामा कोरोना देखियो तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा यहाँका थप ४ जानमा कोरोना देखिएको हो ।
सिङ्गो गाउँ अधिग्रहणमा विस्थापित, ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै
सिङ्गो गाउँ अधिग्रहणमा विस्थापित, ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उनले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म मुद्दा खेप्नुपर्‍यो । घरबारविहीन बनेकी छिमेकी दुर्गावती नटुवाले नजिकै रहेको कृषि विकास बैंकको जग्गा अगाडि सडक छेउमा छाएको झुप्रो लुम्बिनी...
पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय
पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन् ।
उपनिर्वाचन : चितवनमा लामिछाने, तनहुँमा वाग्ले विजयी
उपनिर्वाचन : चितवनमा लामिछाने, तनहुँमा वाग्ले विजयी वैशाख १० गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा चितवन–२ र तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । मंगलबार आएको अन्तिम मत परिणाम अनुसार चितवन –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा डा. स्वर्णिम वाग्ले विजयी भएका हुन् ।
काँग्रेस नेता भट्टराई पुगे घाइतेहरुको अवस्था बुझ्न अस्पताल
काँग्रेस नेता भट्टराई पुगे घाइतेहरुको अवस्था बुझ्न अस्पताल नेपाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले मंगलबार पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।
केन्द्रीय समीकरणको प्रभाव, लुम्बिनीमा ढल्यो एमाले सरकार
केन्द्रीय समीकरणको प्रभाव, लुम्बिनीमा ढल्यो एमाले सरकार केन्द्रीय समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । केन्द्रको समीकरण अकस्मात फेरिएपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमालेका लिला गिरी नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गिरीले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार भएपछि एमालेको सरकार ढलेको हो ।
मंगल नेशनलका उम्मेदवारले गरे खर्च विवरण सार्वजनिक
मंगल नेशनलका उम्मेदवारले गरे खर्च विवरण सार्वजनिक मंगल नेशनल अर्गनाइजेशनका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पाल्पाबाट उम्मेदवार बनेका मंगल नेशनल अर्गनाइजेशनका ६ उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् ।
पूर्वमन्त्री पाण्डेयको चुनावी खर्च सार्वजनिक
पूर्वमन्त्री पाण्डेयको चुनावी खर्च सार्वजनिक नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले चुनावी खर्च सार्वजनिक गरेका छन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका पाण्डेयले सञ्चारमाध्यममार्फत चुनावी खर्च सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री  गिरीले पाएनन् विश्वासको मत
मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाएका हुन् ।
पूर्व मन्त्री रानाको चुनावी खर्च १४ लाख ७२ हजार
पूर्व मन्त्री रानाको चुनावी खर्च १४ लाख ७२ हजार लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाको चुनावी खर्च १४ लाख ७२ हजार रहेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभा सदस्यमा निर्वाचित रानाले मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार–प्रसार सामग्री, ढुवानी तथा कुरियर, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचार–प्रसार, कार्यालय...
आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते...
बाख्रापालनको व्यावसायीकरणमा जोड
बाख्रापालनको व्यावसायीकरणमा जोड बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ ।
Weather Update