Shittalpati
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज विश्व प्रेस स्वतन्त्रता दिवस आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै नेपाल सहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।
नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व आएको छ । सोमबार तानसेनमा भएको युनियनको सातौं अधिवेशनले निलकण्ठ देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । निर्माण व्यवसायी, सहकारी अभियान्ता तथा सामाजिक क्षेत्रमा क्रियाशिल देवकोटालाई अधिवेशनले निर्विरोध निर्वाचित गरेको छ ।
विकास र समृद्धिका लागि श्रमिकको उचित सम्मान गरौं : सांसद राना
विकास र समृद्धिका लागि श्रमिकको उचित सम्मान गरौं : सांसद राना लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले मुलुकको विकास र समृद्धिका लागि श्रमिक वर्गहरुको योगदान महत्वपूर्ण रहेकाले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाको सातौ जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले संगठीत र असंगठीत रुपमा रहेका श्रमिक वर्गहरुकै कारण मुलुकको समृद्धि र विकास...
वालिङमा अनलाइनबाटै घर नक्सा पास
वालिङमा अनलाइनबाटै घर नक्सा पास स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।
योजनाहरुको विषयमा छलफल
योजनाहरुको विषयमा छलफल जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षबिच सोमबार नगरपालिकामा छलफल भएको हो ।
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस मानव अधिकार तथा शान्ति समाज पाल्पाले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । समाजले सोमबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएको हो ।
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ छचुवामा काफलको रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । घर नजिकैको जंगलमा काफल टिप्न गएका छचुवाका १८ वर्षीय सूर्य कुमाल रुखबाट लडेर घाइते भएका थिए ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका छन् । उनले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार तरकारी खेतीमा आवद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् ।
पाठ्यपुस्तक छपाइ सम्पन्न
पाठ्यपुस्तक छपाइ सम्पन्न नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।
Weather Update