विज्ञान र गणितका शिक्षक अभाव
बुधबार, असोज ३, २०८०
विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा
बुधबार, असोज ३, २०८०
सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ ।
महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए
बुधबार, असोज ३, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।
आज देशभर संविधान दिवस मनाइदैं
बुधबार, असोज ३, २०८०
आज देशभर संविधान दिवस मनाइदैं छ । संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ८ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी
मंगलबार, असोज २, २०८०
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै...
आज दर खाँइदै, भोलि निराहार व्रत
आइतबार, भदौ ३१, २०८०
हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित
आइतबार, भदौ ३१, २०८०
तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।
काँग्रेसले देशैभर संविधान दिवस मनाउने
आइतबार, भदौ ३१, २०८०
नेपाली काँग्रेसले देशैभर संविधान सदवस मनाउने भएको छ । काँग्रेसले ३ असोजमा देशका ७ सय ५३ पटै स्थानीय तहमा दिवस मनाउने भएको हो । उसले सबै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार समेत गरेको छ ।
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती
शनिबार, भदौ ३०, २०८०
चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो ।
तरकारी खेतीबाट वार्षिक २५ लाख बढी आम्दानी
शनिबार, भदौ ३०, २०८०
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कड्डा जग्गामा खेती गर्दै आएका हुन् ।
रामपुर नगरपालिकाले गर्यो विद्यार्थीलाई सम्मान
शनिबार, भदौ ३०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । उसले ५९ औँ बाल दिवसका अवसरमा २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६५ जिपिए र सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण भएका २३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन
शनिबार, भदौ ३०, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालका छन् । सात वर्ष विदेश बसेर फर्किएका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् ।
लुम्बिनी प्रदेश मन्त्रालय बढाउने दाउमा
शनिबार, भदौ ३०, २०८०
लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहे पनि मन्त्रीहरूको शक्ति बाँडफाँटमा कुरा नमिल्दा ढिलाइ भएको हो ।


