Shittalpati
एसइई नतिजा यसै हप्ता आउने
एसइई नतिजा यसै हप्ता आउने राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यसै हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले असार २३ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्ने गरी काम गरेको जनाएको छ  ।
लुम्बिनीमा ११ प्रतिशत रोपाइँ
लुम्बिनीमा ११ प्रतिशत रोपाइँ लुम्बिनी प्रदेशमा ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असारसम्म यहाँका १२ वटा जिल्लामा ११ प्रतिशत रोपाइँ भएको हो । वर्षा ढिलो भएका कारण यहाँका जिल्लाहरुमा अहिले रोपाइँ विगतका वर्षमा भन्दा कम भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ । 
आज खेलकुद पत्रकार दिवस मनाइँदै
आज खेलकुद पत्रकार दिवस मनाइँदै आज जुलाई २ अर्थात् विश्व खेलकुद पत्रकार दिवस । विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउन थालिएको हो ।
खोज पत्रकारिता अहिलेको आवश्यकता : श्रेष्ठ
खोज पत्रकारिता अहिलेको आवश्यकता : श्रेष्ठ विश्व प्रेस काउन्सीलका महासचिव तथा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष  किशोर श्रेष्ठले खोज पत्रकारिता अहिलेको आवश्यकता रहेको बताएका छन् । शनिबार तानसेनमा भएको खोज पत्रकारिता प्रशिक्षणमा बोल्दै उनले अहिलेको सन्दर्भमा खोजी पत्रकारिता आवश्यक रहेको बताएका हुन् ।
हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत
हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, “राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको हो ।”
रोपाइँ : सुनिनै छोडे असारे भाका, महत्व भने बढ्दै
रोपाइँ : सुनिनै छोडे असारे भाका, महत्व भने बढ्दै पाल्पामा असार १५ राष्ट्रिय धान मनाइए पनि असारमा गाइने मौलिक भाका भने कमै सुनिए । पहिले पहिले खेतीपातीको सुरुवातको काम नाचगानसहित उत्सवका साथ थालियो भने उब्जनी राम्रो हुने जनविश्वास थियो । त्यसैले पनि पहिले नाँचगानका साथ असारे गीत गाउँदै रोपाइँ गर्ने चलन थियो । तर, अहिले रोपाइँ गर्दा हिलोमा हिन्दी...
आज अन्तर्राष्ट्रिय सहकारी दिवस
आज अन्तर्राष्ट्रिय सहकारी दिवस आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । ‘दिगो विकासका लागि सहकारी ।’ भन्ने मूल नाराका साथ यस वर्ष उक्त  दिवस मनाउन थालिएको हो ।
आलमदेवी मन्दिर महिलाका लागि खुला
आलमदेवी मन्दिर महिलाका लागि खुला शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ ।
पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई
पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ वरिष्ठ पत्रकार ८६ वर्षीय कमल कोइरालालाई प्रदान गरिएको छ । तानसेनमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार कोइरालालाई यो पुरस्कार प्रदान गरेका हुन् ।
‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे
‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए पास हुने नियम...
भूमिहीनलाई लालपुर्जा वितरण
भूमिहीनलाई लालपुर्जा वितरण रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गरे ।
बोटेगाउँमा पुग्यो खानेपानी
बोटेगाउँमा पुग्यो खानेपानी जिल्लाको रामपुर नगरपालिका–३ स्थित बोटे गाउँमा खानेपानी पुगेको छ । वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएको बोटे गाउँमा खानेपानीको धारा झरेसँगै सहज भएको छ । गण्डकीढीक बोटेगाउँ खानेपानी आयोजना मार्फत यहाँ खानेपानी पुगेको हो ।
Weather Update