चिकित्सकहरुको आन्दोलन स्थगित
आइतबार, माघ २९, २०७९

शान्ति सुरक्षामा कमी आउन दिन्न : प्रहरी उपरीक्षक शर्मा
आइतबार, माघ २९, २०७९
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक हेरम्व शर्माले जिल्लाको शान्ति सुरक्षाका कुुनै पनि कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पामा सरुवा भई आएका शर्माले जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै शान्ति सुरक्षा मजबूद बनाउने बताएका हुन् ।

भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी
आइतबार, माघ २९, २०७९
लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको बाटो खुलेको छ । आइसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ । आइसीपी निर्माणको लागि संघीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ । यही माघ २२ गते संघीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद...

आइतबार देशभरका अस्पतालको सेवा बन्द हुने
शनिबार, माघ २८, २०७९
आइतबार देशभरका अस्पतालहरुको आकस्मिकबाहेकका सेवा बन्द रहने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु
शनिबार, माघ २८, २०७९
गुल्मी र अर्घाखाँचीका छट्टाछट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुुई जनाको मृत्युु भएको छ । अर्घाखाँचीको पाणिनी र गुल्मीको धुर्कोटमा भएको ट्याक्टर दुर्घटनामा दुुई जनाको मृत्यु भएको हो ।
.jpg)
बिजुले मनायो ३७ औं वार्षिक उत्सव
शनिबार, माघ २८, २०७९
बिजु इङिलस बोर्डिङ सेकेण्डरी स्कुल तानसेनले ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच वार्षिक उत्सव मनाएको हो ।

टर्कीए भूकम्पः मृतकको संख्या २१ हजार पुुग्यो
शुक्रबार, माघ २७, २०७९
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ । अन्तरराष्टिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ
शुक्रबार, माघ २७, २०७९
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा !
शुक्रबार, माघ २७, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएकाहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुुगेका स्थानीय १८ वर्षीय नामुु भारती र १६ वर्षीय टीका गिरी आगोमा परी घाइते भएका थिए । शरीरका विभिन्न भागमा आगो लागी जलेर घाइते...
नेवार संस्कृति: तानसेनमा सामूहिक बेल विवाह र व्रतबन्ध
शुक्रबार, माघ २७, २०७९
सुन्दा रमाइलो लाग्न सक्छ – नेवार समुदायमा केटी मानिसको तीन पटक विवाह गरिन्छ । पहिलो बेल विवाह । दोस्रो विवाह सूर्यसँग र तेस्रो विवाह बरसँग हुन्छ । बेलविवाह गरेकी चेली कहिल्यै विधवा नहुने नेवारी मान्यता छ ।