भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित
शुक्रबार, माघ २०, २०७९

चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो
शुक्रबार, माघ २०, २०७९
छिमेकी जिल्लाहरुमा चोरीका घटनाहरु बढेपछि पाल्पा प्रहरी चनाखो बनेको छ । जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्ला गुल्मी, स्याङ्जा, रुपन्देहीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि उच्च सर्तकताका साथ चनाखो बनेको हो । पाल्पामा पनि चोरीका घटना हुुन सक्ने भन्दै प्रहरीले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । उसले एक सूूचना...

सांसद चौधरी पक्राउ
बिहीबार, माघ १९, २०७९
सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् ।

बिचौलियाको मारमा सुन्तला कृषक
बिहीबार, माघ १९, २०७९
गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम एक सय छ । दानाको आकारका भरमा पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ । गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् ।

आज विश्व सिमसार दिवस मनाइदैं
बिहीबार, माघ १९, २०७९
प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार क्षेत्र पुर्नस्थापना’ भन्ने नाराका साथ सन् २०२३ को विश्व सिमसार दिवस मनाउन लागिएको हो ।

पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास
बुधबार, माघ १८, २०७९
केही दिन अघि काठमाडौंमा पेट्रोल छर्केर आत्मदाह गरेको घटना सेलाउन नपाउदै फेरी बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग
बुधबार, माघ १८, २०७९
निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले आयोगसमक्ष उजुरी दिएका हुन् ।

डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी
बुधबार, माघ १८, २०७९
गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेका हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो ।

स्वास्थ्य केन्द्र निर्माण
बुधबार, माघ १८, २०७९
बुटवल उपमहानगरपालिकाभित्र ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न दुईवटा भवन निर्माण थालिएको छ । वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६–१६ शय्याका अक्सिजन सुविधासहित स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो ।

उपेक्षामा सच्चा सहिद !
बुधबार, माघ १८, २०७९
हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आयो र गयो पनि । माघ १० देखि १६ गतेसम्म सहिदलाई सम्झने परम्परालाई यसपटक पनि निरन्तरता दिँदै सोमबार सहिद दिवस मनाइयो । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई/चार सपूत मरेर नगए !’ तर, आजको अवस्था उनले भनेजस्तो...

गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय
बुधबार, माघ १८, २०७९
घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै बर्सेनि परालको गुन्द्री बुन्दै आएका छन् । खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन...

न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव
मंगलबार, माघ १७, २०७९
तानसेनमा रहेको न्यू होराइजन बोर्डिङ स्कुलले ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले उद्घाटन गरेका हुन् ।

लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति
मंगलबार, माघ १७, २०७९
महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ ।