मनाङ एयर निलम्बनमा
शनिबार, असोज २७, २०८०
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
शनिबार, असोज २७, २०८०
कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
पप माविको ‘अमृत वर्ष महोत्सव’ शुभारम्भ
शनिबार, असोज २७, २०८०
२००४ सालमा पश्चिम नेपालका आम नागरिकहरुलाई शिक्षाको ज्योती छर्ने महान उद्देश्यले पाल्पाको तानसेनमा स्थापना भएको पद्य पव्लिक नमूना माध्यमिक विद्यालयले अमृत वर्ष महोत्सव शुभारम्भ गरेको छ । विद्यालयले ७७ औं अभिभावक दिवसका अवसरमा अमृत वर्ष महोत्सव शुभारम्भ गरेको हो ।
आजदेखि पितृ विसर्जन गरिँदै
शनिबार, असोज २७, २०८०
असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवंगत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवंगत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो ।
काँग्रेस पाल्पाले गर्यो शुभकामना आदान–प्रदान
शुक्रबार, असोज २६, २०८०
नेपाली काँग्रेसस पाल्पाले नेपाल संवत्, विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको छ । काँग्रेसले शुक्रबार तानसेनस्थित बाल मन्दिरमा एक कार्यक्रमका बिच शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको हो ।
दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने
शुक्रबार, असोज २६, २०८०
काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ । दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फछ्र्यौट गर्ने जनाएको हो ।
निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने
शुक्रबार, असोज २६, २०८०
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताए ।
गुुल्मेली संगम पाल्पाको शुुभकामना आदान– प्रदान
बिहीबार, असोज २५, २०८०
गुल्मेली संगम पाल्पाले नजिकिदै गरेको विजया दशमी, शुभ दिपावलीको शुभकामना आदान–प्रदान गरेको छ । संगमले बिहीबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबिच शुभकामना आदान प्रदान गरेको हो ।
संगठनमा इमान्दारपूर्व भूमिका खेलौं : सभापति श्रेष्ठ
बिहीबार, असोज २५, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले संगठनमा इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस रम्भा गाउँपालिकाको प्रथम गाउँ सम्मेलनलाई रम्भामा सम्बोधन गर्दै सभापति श्रेष्ठले संगठनमा आवद्ध साथीहरुले इमान्दारीपूर्व काम गर्नुपर्ने बताएका हुन् ।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुईजना नियन्त्रणमा
बिहीबार, असोज २५, २०८०
काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तानसेनको सेन्ट कपितानियो स्कुलमा दशैंको टिका लगाएर शुभकामना आदान–प्रदान
बिहीबार, असोज २५, २०८०
नजिकिदाें दशैंका अवसरमा जताततै शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन भइरहेका बेला पाल्पाको सेन्ट कपितानियो स्कुलले भने निधारमा टिका, कानमा जमरा लगाएर दशैंको एक आपसमा शुभकामना आदान–प्रदान गरेको छ ।
आज गैरआवासीय नेपाली दिवस
बिहीबार, असोज २५, २०८०
आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो ।


