Shittalpati
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री बगनासकाली गाउँपालिका–७  खानीगाउँस्थित अलैची टोलकी मिना कनौजेले झण्डै डेढ रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहेकी छन् । गत वर्ष मूल्य नपाउँदा पनि ३ क्विन्टल  भन्दा बढी नयाँ अदुवा बिक्री गरी ८ हजार आम्दानी गरेकी उनले यस वर्ष करिब ७० किलो बूढी अदुवाबाट मात्रै ११ हजार २ सय कमाइन् ।
भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा
भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु
बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना...
बाँध र निकास नहुँदा डुबानको समस्या
बाँध र निकास नहुँदा डुबानको समस्या लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उनलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने बाध्यता छ ।
पेट्रोलपम्पमा आगो लाग्दा २७ जनाको मृत्यु
पेट्रोलपम्पमा आगो लाग्दा २७ जनाको मृत्यु रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको ६ भने सयभन्दा बढी घाइते भएका छन् । 
प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू
प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह देशभरि डेङ्गुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । 
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास बाली नालीलाई बाँदरले मात्र होइन बदेलले पनि सखाप पार्ने गरेको छ । जंगलनजिकै खेतीबारी हुने किसानहरु दिनभरि बाँदर धपाउँछन् भने राति बदेल ढुकेर बस्छन् । पछिल्लो समय पाल्पा र गुल्मीका अधिकांस ठाउँका किसान दिनरात नभनी खेतबारीमै बास बस्न बाध्य छन् ।
एमालेको अवरोधपछि संसद् स्थगित
एमालेको अवरोधपछि संसद् स्थगित लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले सोमबार पनि संसद् अवरोध गरेको छ ।  एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् चल्न दिएन ।  एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
भारी वर्षाका कारण २४ जनाको मृत्यु
भारी वर्षाका कारण २४ जनाको मृत्यु भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
Weather Update