लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व
बुधबार, वैशाख ५, २०८१
बस दुर्घटनामा १४ जना घाइते
बुधबार, वैशाख ५, २०८१
दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मन, बचन, कर्म र शरीरलाई स्वस्थ राख्न दैनिक योग अभ्यास
बुधबार, वैशाख ५, २०८१
अहिले नेपालमा मानिसको जन्मदर घट्दै गएको छ तर विरामी र अस्पताल स्वास्थ्य संस्थाको संख्या दिनहुँ बढ्दै गएको छ । गाउँको सामुदायिक स्वाथ्य केन्द्रदेखि राजधानी काठमाडौं सम्मका ठूला अस्पतालहरुसम्म विभिन्न रोगका विरामीहरुले भरिएका छन् ।
स्वास्थ्य चौकी बनाउन स्थानीयले दिए जग्गा
बुधबार, वैशाख ५, २०८१
स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा प्रारम्भ
मंगलबार, वैशाख ४, २०८१
जिल्लाको चन्द्रकोट गाउँपालिका–५ मा ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याव) सेवा एक कार्यक्रमका बीच प्रारम्भ भएको छ । ग्वाघा स्वास्थ्य चौकी पश्चात गाउँपालिकामा ल्याव सेवा सञ्चालन भएका वडाहरुको संख्या पाँच पुगेको हो ।
बगनासकालीमा व्यक्तिगत घटना दर्ता सचेतना कार्यक्रम
मंगलबार, वैशाख ४, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले व्यक्तिगत घट्ना दर्ता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । व्यक्तिगत घटना सम्बन्धी सचेतना सप्ताह अन्तर्गत पालिकाले सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
सोमबार, वैशाख ३, २०८१
सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका थिए । यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् ।
गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो
आइतबार, वैशाख २, २०८१
चैत २७ गतेदेखि दोस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आइतबार पाल्पा आइपुगेको हो ।
पाल्पाका पत्रकार भण्डारी काठमाडौंमा पुरस्कृत
आइतबार, वैशाख २, २०८१
पाल्पाको रामपुरमा स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पुरस्कृत गरेको छ ।
नयाँ शैक्षिक सत्रका लागि देशैभर भर्ना अभियान सुरु
आइतबार, वैशाख २, २०८१
नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आइतबारबाट सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का लागि विद्यार्थी भर्ना अभियान देशभर सुरु भएको हो ।
गुल्मीमा कानुन विपरीतका हतियार जफत गरिने
आइतबार, वैशाख २, २०८१
जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्ने भएको हो ।
संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य
आइतबार, वैशाख २, २०८१
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए ।
अम्रिसोले डाँडै हरियाली
आइतबार, वैशाख २, २०८१
जिल्लाको निस्दी गाउँपालिका–३ काउँलेडाँडा अम्रिसोले हरियाली भएको छ । १४ बर्ष अघि वनमारा झारले कुरुप बनेको डाँडा अहिले अम्रिसोले हराभरा मात्र भएको छैन् गाउँलेको राम्रो आम्दानीको स्रोत समेत बनेको छ ।


