‘कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ’
शनिबार, पुस १४, २०८०
पाल्पामा बालविवाह अन्त्यका लागि सामूहिक प्रतिवद्धता
शनिबार, पुस १४, २०८०
बालविवाह अन्त्यको लागि पाल्पाका स्थानीय सरकार, जिल्ला समन्वय समिति र लुम्बिनी प्रदेश सरकारले सामूहिक प्रतिवद्धता जनाएका छन् ।
ईपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश
शुक्रबार, पुस १३, २०८०
उच्च अदालत, पाटनले कोरियन पानी जहाज कम्पनीको कामदारका लागि भाषा परीक्षा दिएकाहरुलाई उत्पादनमुलक कामदार छनोटको भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।
बालकुमारी घटनामा अर्का एक युवकको पनि मृत्यु
शुक्रबार, पुस १३, २०८०
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।
बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु
शुक्रबार, पुस १३, २०८०
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा युवकको मृत्यु भएको हो ।
मन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ
शुक्रबार, पुस १३, २०८०
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन
शुक्रबार, पुस १३, २०८०
भारतीय सेनाबाट फर्किएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आएका छन् । सत्र वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फर्किएका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उनले आरनको कामलाई व्यावसायिक रुपमा अगाडि सञ्चालन गर्दै आएका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन तयारी
बिहीबार, पुस १२, २०८०
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ ।
प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा
बिहीबार, पुस १२, २०८०
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार
बिहीबार, पुस १२, २०८०
सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।
आगोले जलेर शिशुको मृत्यु
बिहीबार, पुस १२, २०८०
दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो ।
गुल्मीमा जनशक्ति नहुँदा आइसियु प्रयोगविहीन
बिहीबार, पुस १२, २०८०
जनशक्ति अभावले जिल्ला अस्पताल गुल्मीमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू) अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै उपचारको व्यवस्था मिलाउन भेन्टिलेटरसहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो ।
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा
बुधबार, पुस ११, २०८०
जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।


