राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
बुधबार, जेठ १७, २०८०

लुम्बिनी प्रदेश : कानुन निर्माण प्रभावकारी, कार्यान्वयन फितलो
बुधबार, जेठ १७, २०८०
जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
बुधबार, जेठ १७, २०८०
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ ।

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै
बुधबार, जेठ १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण नियन्त्रणमा प्रचण्ड चारदिने औपचारिक भ्रमणमा भारत जान लागेका हन् । गत वर्ष बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भएको थियो । मोदीले लुम्बिनी भ्रमणका बेला नै नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको...

शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो
मंगलबार, जेठ १६, २०८०
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ ।

गुल्मी काँग्रेसले दियो जनप्रतिनिधीलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण
मंगलबार, जेठ १६, २०८०
नेपाली काँग्रेस गुल्मीले स्थानीय जनप्रतिनिधिहरुलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी एक दिने प्रशिक्षण दिएको छ । सोमबार संघीय सरकारले ल्याएको र स्थानीय तहमा ल्याउन लागिएको बजेट निर्माण र कार्यान्वयन सम्बन्धी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।

बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा
मंगलबार, जेठ १६, २०८०
बुटवल–पाल्पा बसन्तपुर केबलकार सञ्चालनमा आएको छ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकारले आइतबारदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याएको हो ।

गणतन्त्रका प्रन्ध वर्ष : जनचाहना अनुसार उपलब्धी देखिएन
सोमबार, जेठ १५, २०८०
मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । सोमबार देशैभर विविध कार्यक्रम आयोजना गरी १५ वर्ष पुरा भई १६ औं वर्ष प्रवेशको अवसरमा गणतन्त्र दिवस मनाइयो । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइदैं आइएको छ । तर, जनतामा गणतन्त्र घोषणा हुँदा जुन...

रेशम चौधरी जेलबाट छुटे
सोमबार, जेठ १५, २०८०
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जेलबाट छुटेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार ६ वर्षपछि जेलमुक्त भएका हुन् ।

नेपालको वार्षिक औसत तापक्रम वृद्धि
सोमबार, जेठ १५, २०८०
नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ ।

प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
सोमबार, जेठ १५, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताएका छन् ।

गणतन्त्र दिवस मनाइँदै
सोमबार, जेठ १५, २०८०
आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन हो गणतन्त्र दिवस ।

कृषकलाई गोलासहित माहुरी उपहार
सोमबार, जेठ १५, २०८०
गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो ।