तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान
बिहीबार, जेठ ११, २०८०

रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु
बुधबार, जेठ १०, २०८०
जिल्लाको रामपुर नगरपालिका– ५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्युु भएको छ । रामपुर –५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी छिमेकीकोबाट घर फर्कने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।

पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु
बुधबार, जेठ १०, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिका –५ विरकोट ढापमा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्युु भएको छ । ढापका ७४ वर्षीय हरीराम पुनः जेठ २ गते घर नजिकैको बारीमा रहेको दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए ।

उपचारपछि डा. भण्डारीको संसदमा पहिलो सम्बोधन : ‘जलन अस्पताल बनाऔं र पाठ्यक्रममा समेटौं’
बुधबार, जेठ १०, २०८०
नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारी आगलागीमा परी घाइते भई उपचारपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनी गत फागुन ३ गते निवासमा ग्यास लिक भई आगलागीमा परेका थिए । उनको फागुन ४ गतेदेखि बैशाख १७ गतेसम्म भारतको मुम्बईस्थित नेशनल बर्नस अस्पतालमा उपचार गरिएको थियो ।

असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय
मंगलबार, जेठ ९, २०८०
सरकारले राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
मंगलबार, जेठ ९, २०८०
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो ।

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
मंगलबार, जेठ ९, २०८०
सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

स्वीकृति बिना दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन
मंगलबार, जेठ ९, २०८०
दुई सयभन्दा बढी भित्तेपात्रो स्वीकृति बिना प्रकाशन भएको पाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिई दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन भएको हो ।

वन मन्त्रीमा महतो नियुक्त
मंगलबार, जेठ ९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् ।

शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
सोमबार, जेठ ८, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७ औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
रैनादेवी छहरा गाउँपालिकाले गर्यो एक वर्षे कार्य प्रगति सार्वजनिक
सोमबार, जेठ ८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले एक वर्षे कार्य प्रगति सार्वजनिक गरेको छ । २०७९ जेठ ६ गते गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई, उपाध्यक्ष युवराज थापा लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक बर्षे कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’
सोमबार, जेठ ८, २०८०
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पाल्पाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयसहितका नेताहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ
सोमबार, जेठ ८, २०८०
भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको...