Shittalpati
अर्थमन्त्री महतद्वारा रामपुरमा अन्धकारमुक्ती सहकारीको रजतजयन्ती स्तम्भ अनावरण
अर्थमन्त्री महतद्वारा रामपुरमा अन्धकारमुक्ती सहकारीको रजतजयन्ती स्तम्भ अनावरण जिल्लाको रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्ती स्तम्भ अनावरण गरिएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले शुक्रबार सहकारीको रजतजयन्तीको अवसरमा निर्मित स्तम्भको अनावरण गरेका हुन्  ।
गुुल्मीमा नमूना ‘संसद्’
गुुल्मीमा नमूना ‘संसद्’ रोस्टममा सभामुख, उपसभामुख, छेउमै संसद् सचिवालयका महासचिव । अगाडिपट्टि बेञ्चमा छुट्टाछुट्टै सत्तारूढ, प्रतिपक्ष सांसद, प्रधानमन्त्री सचेतक र छेउमै मन्त्री बसेका छन् । दर्शकदीर्घा कक्षमा शिक्षक, विद्यार्थी र खचाखच अभिभावक थिए ।
सरकारबाट सहयोग नभए मिडिया हाउस बन्द हुन्छन्  : पाल्पाली पत्रकार
सरकारबाट सहयोग नभए मिडिया हाउस बन्द हुन्छन् : पाल्पाली पत्रकार पाल्पाका पत्रकारहरुले  सरकारबाट पर्याप्त सहयोग नभए अधिकाश मिडिया हाउस बन्द हुने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको ३२ औ स्थापना दिवसमा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले अहिलेकै अवस्थामा सरकारले सहयोग नगर्ने हो भने मिडियाहरु बन्द हुने बताएका हुन् । 
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकियो
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकियो नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकिएको छ । काठमाडौमा भएको बैठक सकिएको हो ।
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिए ।
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका र एक जना अस्वथ्य भएकाले निर्वाचन अधिकृतहरू परिवर्तन गरिएका हुन् ।
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
लुम्बिनीमा पर्यटक आगमन बढ्दै
लुम्बिनीमा पर्यटक आगमन बढ्दै कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको संकेत देखिएको छ । 
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते गुल्मी ईश्मा गाउँपालिका–६ अमरपुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् । मंगलबार साँझा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने  क्रममा जलेर अमरपुरकी ६९ वर्षीया मुना महत घाइते भएकी हुन् ।
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बसेको बैठकले जिल्ला अदालतमा कार्यरत मध्येबाट २६, न्याय सेवाका कर्मचारीबाट ४ र ९ जना कानुन व्यवसायीहरुबाट उच्च अदालतका लागि छनोट गरेको हो ।
भारतीय विदेशमन्त्री नेपाल आउँदै
भारतीय विदेशमन्त्री नेपाल आउँदै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको  निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै छन् ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । 
Weather Update