बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो
सोमबार, पुस २३, २०८०
प्रहरी महानिरीक्षक कुंवरद्वारा प्रहरी कार्यालय पाल्पामा नवनिर्मित भवन उद्घाटन
आइतबार, पुस २२, २०८०
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कार्यालय पाल्पाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।
पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ विमोचन
आइतबार, पुस २२, २०८०
गुल्मीको चन्द्रकोट गाउँपालिकामा ‘हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तक विमोचन गरिएको छ । आधारभूत तह कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तकको एक औपचारिक कार्यक्रमकाबिच विच विमोचन गरिएको हो ।
पाल्पा जेसीजको अध्यक्षमा कार्की, ४३ औं पद हस्तान्तरण तथा पदस्थापना
आइतबार, पुस २२, २०८०
पाल्पा जेसीजमा सामाजिक व्यक्तित्व, युवा नेता जेसीस अर्जुन कार्कीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२४ का लागि कार्कीको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।
चिसोका कारण दिल्लीका विद्यालयहरूमा साना कक्षाको पठनपाठन बन्द रहने
आइतबार, पुस २२, २०८०
चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् । दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भने, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालयहरू आगामी ५ दिन बन्द रहनेछन् ।”
चितवनमा चरा गणना सुरु
आइतबार, पुस २२, २०८०
चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो ।
तम्घासमा निःशुल्क स्तन क्यान्सर जाँच, २ सय ५१ जनाले लिए सेवा
आइतबार, पुस २२, २०८०
आर्थिक अभावमा रोगको पहिचानसमेत गर्न नपाएका असहाय गरिब विपन्न परिवारलाई लक्षित गरी गुल्मीको तम्घासमा स्वास्थ्य शिविरमार्फत निःशुल्क स्तन क्यान्सर जाँच र सचेतना कार्यक्रम गरिएको छ ।
नौलो अभियान : घरमै सुत्केरी भए कालो टीका !
आइतबार, पुस २२, २०८०
केही वर्ष अघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ । गाउँमा चालु आर्थिक वर्ष सुरु भएपछि १५ जना सुत्केरी भए ।
हृदय रोग रोग निवारण प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा पुनः सिंह
शनिबार, पुस २१, २०८०
नेपाल हृदय रोग रोग निवारण प्रतिष्ठान पालपाको साधारण सभा तथा अधिवेशन भएको छ । प्रतिष्ठानको चौथौं साधारण सभा तथा अधिवेशन तानसेनमा भएको हो ।
कृषि उपकरणमा अनुदान
शनिबार, पुस २१, २०८०
व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो ।
बरहथवा घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
शनिबार, पुस २१, २०८०
सत्तारूढ दल नेपाली काँग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
एक हजार केजी गाँजासहित पक्राउ
शनिबार, पुस २१, २०८०
बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।
निर्यात बढाइ आयात कम गरी व्यापार घाटा कम गराउँछौ : अर्थमन्त्री महत
शनिबार, पुस २१, २०८०
नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले निर्यात बढाइ आयात कम गरी देशको व्यापार घाटा कम गर्ने बताएका छन् । शुक्रबार रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी सस्थाको २५ औं साधारण तथा रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै निर्यात बढाइ आयात घटाएर व्यापार घाटा कम गर्ने बताएका हुन् ।


