घुससहित तीन कर्मचारी पक्राउ
मंगलबार, असार ५, २०८०

काल बने खोला–नदी
मंगलबार, असार ५, २०८०
पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतदेखि विजुली उत्पादनसम्म खोला–नदीको उपयोग हुन्छ । त्यति मात्र होइन खोला–नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य पनि हुन् । यीनै खोला–नदीको पानी, ढुंगा, बालुुवा प्रयोग गरेरै आर्थिक लाभ प्राप्त हुने र त्यही पुँजीले विकास हुने कुरा नकार्न सकिदैन । तर मानवीय व्यवहारका कारण यीनीहरुबाट...

रामपुर अस्पताललाई डायलासियस मेसिन हस्तान्तरण
मंगलबार, असार ५, २०८०
रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो ।

चार दलले गरे समाजवादी मोर्चा घोषणा
सोमबार, असार ४, २०८०
चार कम्युनिष्ट घटकहरूले समाजवादी मोर्चा घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । चारदलका शीर्ष नेताले समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर गरेका छन्

बाढी - पहिरोमा ६ को मृत्यु, २९ बेपत्ता
सोमबार, असार ४, २०८०
जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुुगेको छ । अविरल वर्षाका कारण संखुुवासभामा, ताप्लेजुङमा, पाँचथरमा र नुवाकोटमा भएको आएको बाढी र पहिरोबाट सोमबार दिउसँसोसम्म ज्यान जानेको संख्या ६ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उसका अनुसार बाढी तथा पहिरोमा परी...

पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार
सोमबार, असार ४, २०८०
पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ ।

पाल्पामा रोकिएन नदीजन्य पदार्थको अवैध दोहन
सोमबार, असार ४, २०८०
जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पामा तीन महिना नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाए पनि उत्खनन भने रोकिएको छैन् । समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म पाल्पाका कुनै पनि नदी, खोलाबाट नदीजन्य पदार्थ निकाल्न नपाइने भने पनि त्यसको वेवास्ता गर्दै ठेकेदारले यहाँका नदी, खोलाहरुमा ढुंगा, गिटी निकासी...

पाल्पामा डुबेर दुई जनाको मृत्यु
सोमबार, असार ४, २०८०
पाल्पाका विभिन्न नदी र खोलामा डुवेर दुई जनाको मृत्यु भएको छ । यहाँका कालीगण्डकी नदी र दोभान खोलामा डुबेर दुई जनाको मृत्यु भएको हो ।

विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहोर संकलन
सोमबार, असार ४, २०८०
स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहोर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहोरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहोर संकलन अभियान थालिएको हो ।

तानसेनबाट ६६ हजार रकमसहित १० जुवाडे पक्राउ
आइतबार, असार ३, २०८०
पाल्पाको तानसेनबाट ६६ हजार भन्दा बढी जगद रकमसहित १० जुवाडे पक्राउ परेका छन् । आइतबार दिउँसो तानसेन नगरपालिका–१ भूसालडाँडास्थित एक घरबाट जगदसहित १० जुवाडे पक्राउ परेका हुन् ।

पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध
आइतबार, असार ३, २०८०
गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्

कालीगण्डकी नदीमा बेपत्ता किशोरी मृत फेला
आइतबार, असार ३, २०८०
कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी किशोरी मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका–८, भुजातस्थित कालीगण्डकी नदीमा नुुहाउने क्रममा जेठ ३२ गते बेपत्ता भएकी रामपुर –८, भुजातकी १४ वर्षीया पार्वती राम्जाली मृत फेला परेकी हुन् ।

पुल बनेपछि सकसमा ‘बोटे’
आइतबार, असार ३, २०८०
गाउँ–गाउँ पुग्नका लागि सडकका ट्रयाक खोलिए । नदी र सामान्य खोल्सामा पुल बने । दुर्गमका बासिन्दाले विकास र समृद्धिको महसुस गर्न सक्ने अवस्था आयो तर वर्षौदेखि नदी किनारमा डुंगा चलाएर जिविकोपार्जन गर्दै आएका बोटे भने थप गरिबीको दुुश्चक्रभित्र फस्दै गए । अहिले कालीगण्डकी नदीका हरेक घाटहरुमा पुल निर्माण भएका छन् ...