Shittalpati
आज निर्वाचन दिवस मनाइँदै
आज निर्वाचन दिवस मनाइँदै आज आठौं निर्वाचन दिवस मनाइँदै छ । विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा  पहिलो पटक आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको हो ।
बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल
बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल तिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गरेका थिए ।
बाल ज्योति प्राविको उन्नतिको यात्रा
बाल ज्योति प्राविको उन्नतिको यात्रा कक्षा पाँचसम्म पढाइ हुने तानसेन नगरपालिका–७ काजीपौवास्थित बाल ज्योति प्राथामिक विद्यालयमा विद्यार्थी न्यून भएपछि अर्को विद्यालयसँग मर्ज गर्ने अवस्थामा पुगेको थियो । २०६९/०७० तिर विद्यार्थी संख्या २० जना थिए । थोरै विद्यार्थी भएपछि शिक्षा कार्यालयले स्कूल मर्च गर्ने बताएको थियो । गाउँलेले सुधार्ने भन्दै समायोजन नगर्न माग राखे ।
लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै, तयारी तिव्र
लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै, तयारी तिव्र लुम्बिनीमा फागुन २८ देखि २९ गते सम्म चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स शिखर सम्मेलन’ हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा सम्मेलन हुन लागेको हो ।
त्रिभुवन बहुमुखी क्याम्पसको जर्नल पत्रिका लोकार्पण  
त्रिभुवन बहुमुखी क्याम्पसको जर्नल पत्रिका लोकार्पण   त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जर्नल –२ पत्रिका लोकार्पण गरेको छ ।  त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले क्याम्पसद्वारा प्रकाशित जनरलको लोकापर्ण गरेका हुन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘क्याथल्याब’ मेसिन बल्ल उपयोगमा आयो
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘क्याथल्याब’ मेसिन बल्ल उपयोगमा आयो लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको उपचार सुरुआत गरिएको छ ।
संस्कार सिक्दै सिद्धी विनायकका विद्यार्थी
संस्कार सिक्दै सिद्धी विनायकका विद्यार्थी विशेषतः विद्यालयमा विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र सिकाइन्छ । सैद्धान्तिक ज्ञानमै  सिमित गराईने विद्यार्थीले न व्यवहारिक ज्ञान हासिल गर्न सक्छन् नत संस्कार सहितको शिक्षा नै । जसका कारण पछिल्लो समय समाज न सभ्य बन्न सकेको छ नत जन्मदिने बाबुआमा नै सम्मानित ।
पाल्पामा नियमित रक्तदाता संघ गठन, अध्यक्षमा भण्डारी
पाल्पामा नियमित रक्तदाता संघ गठन, अध्यक्षमा भण्डारी पाल्पामा नेपाल नियमित रक्तदाता संघ गठन गरिएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले रक्तदाता संघ पाल्पा शाखा गठन गरेको हो ।
सवारी दुर्घटनाको कहालीलाग्दो शृङ्खला
सवारी दुर्घटनाको कहालीलाग्दो शृङ्खला सिद्धार्थ राजमार्गको डुम्रेबाट पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाने क्रममा चिदिस लुम्पेकडाँडामा मंगलबार साँझा भएको कहाली लाग्दो जिप दुर्घटनामा १० जना यात्रुको ज्यान गयो । यात्रुले खचाखच भरिएको लु १ ज २३७१ नम्बरको जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटना हुँदा १० जनाको अकालमै ज्यान गएको हो, भने १८ जना घाइते...
रामपुरमा कुकुरको स्थायी बन्ध्याकरण
रामपुरमा कुकुरको स्थायी बन्ध्याकरण जिल्लाको रामपुरमा सामुदायिक कुकुरको व्यवस्थापनका लागि स्थायी बन्ध्याकरण गरिएको छ । कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको आतंक न्यूनिकरणका लागि शिविरमार्फत बन्ध्याकरण गरिएको हो ।
पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ
पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको बिदाइ गरिएको छ । प्रहरीको फेरी भेटौंला कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न संघ संस्था, राजनीतिक दल, पत्रकारहरुले एसपी शर्माको बिदाइ गरेका हुन् ।
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
Weather Update