Shittalpati
आज खेलकुद पत्रकार दिवस मनाइँदै

पाल्पा, आज विश्व खेलकूद पत्रकार दिवस नेपालसहित विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको छ । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउन थालिएको हो ।

खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो । हरेक वर्ष जुलाई २ मा  विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । यो सन् १९९४ बाट मनाउन थालिएको हो । सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआइपिस) स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । पेरिसमा सम्पन्न भएको ओलम्पिकको अवसरमा एकै थलोमा भेला भएका खेल पत्रकारहरू मिलेर ९७ वर्षअघि एआइपीएसको स्थापना गरेका थिए । नेपालले सन २००६ मा एआइपिएसको सदस्यता लिएको थियो । अहिले हरेक सञ्चार गृहमा स्पोर्टस एउटा अपरिहार्य विट बनिसकेको छ । खेलकुदका समाचार विना कुनै पनि सञ्चार गृहबाट प्रसारण वा प्रकाशन हुने समाचार पूर्ण हुँदैनन् । विगतमा निकै थोरै संख्यामा मात्र खेलकुद पत्रकारहरु थिए । अहिले सञ्चारमाध्यमको विकास र सञ्चार गृहको संख्या वृद्धि भएसँगै खेलकुद पत्रकारहरु पनि धेरै संख्यामा देखिन थालेका छन् । हरेक मिडिया हाउसको लागि खेलकुद नभइ नहुने विट त बन्यो, तर पनि नेपालको पत्रकारिता राजनीतिमा बढी केन्द्रीत रहँदा खेलकुद क्षेत्रका समाचारहरु भने छायाँमा पर्ने गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update