Shittalpati
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैंछ । हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आइएको हो । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ ।
कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म
कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरण अन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।
वार–पार नभएका फाइलहरु खोलेर अनुसन्धान गर्छु  : पाल्पा प्रहरी प्रमुख चन्द 
वार–पार नभएका फाइलहरु खोलेर अनुसन्धान गर्छु  : पाल्पा प्रहरी प्रमुख चन्द  जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले हालसम्म टुंगो नलागेका फाइलहरु  खोलेर अनुसन्धान अगााडि बढाउने बताएका छन् ।
सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ
सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित गएराति एक भारतीय नागरिक पक्राउ परेका छन् ।
मौसममा बदली  बिहीबारसम्म रहने
मौसममा बदली  बिहीबारसम्म रहने पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।
बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन
बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेको छ । बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै उनले सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे ।
संकटमा प्रजातन्त्र
संकटमा प्रजातन्त्र ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
१२ घण्टा शिक्षकको निगरानीमा विद्यार्थी
१२ घण्टा शिक्षकको निगरानीमा विद्यार्थी शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो ।
पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ
पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो ।
टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु जिल्लाको माथागढी गाउँपालिका ५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा रहबास–खैरेनी भित्रि कच्ची सडक खण्डमा रुपन्देहीको खैरेनीबाट माथागढी गाउँपालिका ५ स्थित रहेको घामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
कोरियन भाषा परीक्षा आजदेखि सुरु
कोरियन भाषा परीक्षा आजदेखि सुरु ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ ।
प्रजातन्त्र दिवस, देशभर मनाइँदै
प्रजातन्त्र दिवस, देशभर मनाइँदै आज ७४ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।
Weather Update