ओझेलमा परेको बालकन्या भगवतीको अवलोकन
बुधबार, माघ १०, २०८०
एउटै वडाबाट ११ करोडको सुन्तला विक्री
मंगलबार, माघ ९, २०८०
स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्ग, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्क लगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।
सङ्घीय संसद्को बैठक माघ २२ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस
मंगलबार, माघ ९, २०८०
सरकारले यही माघ २२ गते सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ २२ गते अपराह्न ४ बजे सङ्घीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
मंगलबार, माघ ९, २०८०
यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान...
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल
सोमबार, माघ ८, २०८०
पाल्पामा ९ महिने बालकमा ‘इस्पाइनल मस्कुलर एट्रोफी’ (एसएमए) नामक रोग भेटिएको छ । तानसेन नगरपालिका–११ बाझाका महेन्द्र विष्ट र सिर्जना भट्टराई विष्टको ९ महिने छोरा सिर्जम विष्टमा यस्तो रोग भेटिएको हो ।
एसईई परीक्षा चैत १५ गतेदेखि हुने
सोमबार, माघ ८, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रुपन्देही, दाङ, मोरङ, लमजुङ, तनहुँ, कास्की, कैलाली र धनुषा जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको हो ।
रुपन्देहीमा चिसोका कारण धमाधम बन्द हुँदै विद्यालय
सोमबार, माघ ८, २०८०
केही दिन यता रुपन्देहीमा बाक्लो हुस्सु र शितलहरसँगै चिसो बढेपछि धमाधम विद्यालय बन्द हुन थालेका छन् । अत्यधिक चिसो बढेको भन्दै यहाँका स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बढ्दै गएको चिसोका कारण बालबालिकामा समस्या हुने भन्दै स्थानीय सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, माघ ८, २०८०
जिल्लाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सियारी गाँउपालिकाद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री
आइतबार, माघ ७, २०८०
रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामग्री दिएको छ । पालिकाले ११ जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री दिएको हो ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी
शनिबार, माघ ६, २०८०
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व आएको छ । महासंघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।


