तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान
शनिबार, माघ २०, २०८०
रामपुर एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा
शनिबार, माघ २०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगर सरकारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी
शनिबार, माघ २०, २०८०
गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन् ।
अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
शनिबार, माघ २०, २०८०
अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो ।
सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु
शुक्रबार, माघ १९, २०८०
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ ।
पाल्पामा जेसिजको संसदीय प्रणाली सम्बन्धी तालिम
शुक्रबार, माघ १९, २०८०
पाल्पा जेसिज वर्ष २०२४ ले संसदीय सभा प्रणाली सम्बन्धी दुुई दिने राष्ट्रियस्तरको तालिम तानसेनमा सञ्चालन गरेको छ । जेसिजमा आवद्ध जेसी सदस्यहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबारदेखि तालिम सञ्चालन गरिएको हो ।
आन्तरिक पर्यटन प्रवर्धनमा ‘नेशनल लाईफ’
शुक्रबार, माघ १९, २०८०
नेपालकै सबैभन्दा पुरानो बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले वित्तिय क्षेत्रसँगै पर्यटन प्रवर्धननमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कम्पनीले बेला–बेलामा आफ्ना अभिकर्ता, कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप देशका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन, भ्रमण गराई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको हो ।
आज विश्व सिमसार दिवस मनाइदैं
शुक्रबार, माघ १९, २०८०
आज विश्व सिमसार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष नेपालमा दिवसको नारा ‘सिमसार र मानवको कल्याण’ भन्ने तय गरिएको छ । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन यो दिवस मनाउने गरिएको हो ।
परमानन्द बाल वृद्व कल्याण संघ पाल्पाको साधारण सभा
शुक्रबार, माघ १९, २०८०
असहाय बालबालिका र वृद्धवृद्धाहरुको क्षेत्रमा काम गर्दै आएको परमानन्द बाल वृद्ध कल्याण संघ पाल्पाले १० औं साधारण सभा गरेको छ । संघले तानसेनमा एक औपचारिक कार्यक्रम गरी सभा गरेको हो । सभाको लुम्बिनी प्रदेशका सांसद एवं पूर्वमन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
एनसेल घोटलाका विरुद्ध पाल्पा शान्ति समाज, गर्यो साताव्यापी विरोध प्रदर्शन
बिहीबार, माघ १८, २०८०
मानव अधिकार तथा शान्ति समाज पाल्पाले साताव्यापी कार्यक्रमको आयोजना गरी एनसेल घोटला प्रकरणको विरोध गरेको छ । समाजले तानसेनमा माघ १२ गतेदेखि जिल्ला प्रशान कार्यालय अगाडिबाट सुरु गरेको विरोध प्रर्दशन तानसेनका विभिन्न चोक चोकमा गरेको थियो ।
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेश
बिहीबार, माघ १८, २०८०
प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ ।
वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ
बिहीबार, माघ १८, २०८०
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो ।
आकर्षक धार्मिक पर्यटकीय स्थल बन्दै महीपोखरी डाँडा
बिहीबार, माघ १८, २०८०
विगतमा सम्भावना हुँदा हुँदै ओझेलमा परेको पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ स्थित महीपोखरी डाँडा यतिबेला आकर्षक धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको छ । आर्घाखाँचीको सन्धिखर्कस्थित खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरको घण्टा महीपोखरी जंगलमा राखी देवीको पुजाआजा गर्न थालेपछि यहाँ धार्मिक पर्यटकहरुको घुइँचो लाग्न थालेको पाइन्छ ।


