Shittalpati
पाल्पाको अगाहाखोलामा ट्रक दुर्घटना : चालकको मृत्यु 
पाल्पाको अगाहाखोलामा ट्रक दुर्घटना : चालकको मृत्यु  जिल्लाको रम्भा गाउँपालिका –३ अगाहाखोलास्थित सिद्दार्थ राजमार्गमा ट्रक दुर्घटना भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भई सोमबार राती दुर्घटना भएको हो ।
एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश
एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले दिएको जग्गामा कुनै पनि संरचना नबनाउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । उक्त विषयमा परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
रेडक्रस पाल्पाले छिट्टै ब्लड बैंक सञ्चालन गर्दै 
रेडक्रस पाल्पाले छिट्टै ब्लड बैंक सञ्चालन गर्दै  नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले तानसेनमा छिट्टै ब्लड बैंक सञ्चालन गर्ने गरी तयारीलाई अगाडि बढाएको छ । शाखाले तत्काललाई ब्लड बैंक सञ्चालन गर्न आफ्नै कार्यालयमा ल्याव कक्ष निर्माण गरिसकेको र आवश्यक उपकरण खरिदको लागि प्रक्रिया अगााडि बढाइसकेको जनाएको छ । उसले रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ सञ्चालन गरेको ‘हाम्रो ब्लड बैंक,हामी...
कृषि उपकरणको प्रयोगले किसानलाई सहज
कृषि उपकरणको प्रयोगले किसानलाई सहज दाङमा कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । यसले व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका किसानलाई सहज भएको छ । उत्पादन समेत बढेको छ । 
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ रहेका छन् । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पूख्र्यौली पेसा सम्हारिरहेका छन् । बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पूख्र्यौली पेसालाई व्यावसायिक बनाएका छन् । 
बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ
बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । तर सडकको प्रगति भने जम्मा ५० प्रतिशत मात्रै रहेको छ । 
सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै
सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास ९होम–स्टे०मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको...
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह गरिरहेको बताए । 
आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय
आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनिहरुको व्यस्त बढेको छ । 
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु नेपाली काँग्रेस गुल्मीको रुरु–रेसुुङ्गा प्रशिक्षण अभियान सुुरु भएको छ । स्थानीय तहका अगुवा कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट  क्रियाशिल बनाई  पार्टी संगठनलाई बलियो बनाउन आइतबारदेखि अभियान सुुरु भएको हो ।
दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा
दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै थिए । उनले भने, “अहिले तिहार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ ।” 
जङ्गली च्याउ खाँदा पाँचजना बिरामी
जङ्गली च्याउ खाँदा पाँचजना बिरामी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी परेका छन् । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
Weather Update