कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला
![कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला](https://mail.shittalpati.com/uploads/posts/death1701854550.jpg)
पाल्पा, कालीगण्डकी नदीमा एक वृद्धको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका –८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका ८७ वर्षीय देबिलाल भट्टराईको शव फेला परेको हो ।
माघ २१ गते घरबाट हिडेका भट्टराईको सोमबार विहान घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । शव फेला परेको जानकारी पाउन साथ जिल्लाबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा पुगी मुचुल्का उठाई शव पोष्टमार्टमको लागि चापाकोट अस्पताल पठाएको जनाइएको छ । घटनाको विषमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्