वर्षाको कहर : कतै पहिरो, कतै डुवान
आइतबार, असार २३, २०८१
पाल्पाको माडीफाँट डुवानमा
शनिबार, असार २२, २०८१
लगातार परेको अविरल वर्षाका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।
स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
शनिबार, असार २२, २०८१
जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।
पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
शनिबार, असार २२, २०८१
निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।
वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
शनिबार, असार २२, २०८१
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।
गुल्मीमा घर भत्केर पुरिएकी महिलाको उद्धार
शनिबार, असार २२, २०८१
जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ थोर्गामा घर भत्किँदा पुरिएकी एक महिलाको उद्धार गरिएको छ । घरमाथिबाट आएको पहिरोका कारण घर भत्किँदा पुरिएकी स्थानीय उजेली विकको छिमेकीहरूले शनिबार बिहान उद्धार गरेका हुन् ।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
शनिबार, असार २२, २०८१
आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । ‘सहकारीले सबैको राम्रो भविष्य निर्माण गर्छ’ भन्ने मूल नाराका साथ यस वर्ष उक्त दिवस मनाउन थालिएको हो ।
गुल्मीमा जिप र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक घाइते
शुक्रबार, असार २१, २०८१
जिल्लाको रेसुंगा नगरपालिका –४ रायढुंगामा जिप र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । तम्घासबाट धुर्कोटतर्फ गइरहेको लु १ प १३ प ७९५० नम्वरको मोटरसाईकल र विपरित दिशा (छल्दिपनाह)बाट तम्घास आइरहेको लु १ च ७३२७ नम्बरको डबल क्याप जिप एक आपसमा ठोक्किदा मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका–८ निवासी...
वर्षाका कारण रिडी–पूर्तिघाट सडक अवरुद्ध, खोलाहरुमा पानीको बहाव बढ्दै गएकाले सतर्क रहन आग्रह
शुक्रबार, असार २१, २०८१
वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । विहीबारराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
वर्तमान शिक्षा
शुक्रबार, असार २१, २०८१
शिक्षा उसको देशमा पनि पाइन्छ
शिक्षा मेरो देशमा पनि पाइन्छ
फरक यत्ती हो
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
शुक्रबार, असार २१, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।
एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई
शुक्रबार, असार २१, २०८१
एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यभार थपिएको छ । एमालेबाट बनेका आठ मन्त्रीहरुले एकै पटक राजनीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डलाई कार्यभार थपिएको हो ।
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन
शुक्रबार, असार २१, २०८१
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यवसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।


