त्रिभुवन बहुमुखी क्याम्पसले मनायो ७० औं वार्षिक उत्सव
मंगलबार, असार २५, २०८१
बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’
मंगलबार, असार २५, २०८१
बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् ।
बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
मंगलबार, असार २५, २०८१
सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराए ।
माथागढीकी एक युवती खोलामा मृत फेला
मंगलबार, असार २५, २०८१
जिल्लाको माथागढी गाउँपालिका –५ गणबासकी एक युवती खोला मृत फेला परेकी छन् । गणबासकी २८ वर्षीया खुमीसरा बाह्रघरे सोही ठाउँस्थित झुुम्सा खोलामा सोमबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।
प्रधानमन्त्री दाहाललाई राजीनामा दिन दवाब
मंगलबार, असार २५, २०८१
अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राजीनामा दिन दवाब बढ्दै गएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र राप्रापाका नेताहरुले लगातार रुपमा प्रधामन्त्रीलाई तत्काल राजीनामा दिन दवाब बढाएका हुन् ।
पाल्पामा घुमफिर गर्दै राजेश हमाल र धिरेन शाक्यसहितको टोली
सोमबार, असार २४, २०८१
नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमाल र नायक धिरेन शाक्यसहितको टोली विगत तीन दिनदेखी पाल्पामा घुमफिर गरिहेका छन् ।
बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
सोमबार, असार २४, २०८१
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए ।
मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
सोमबार, असार २४, २०८१
समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।
आजदेखि केही दिन मनसुन क्रमश : निष्क्रिय हुँदै
सोमबार, असार २४, २०८१
जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ ।
कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द
सोमबार, असार २४, २०८१
लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ ।करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
बाढीपहिरोले दुई दिनमै गयो १५ जनाको ज्यान
सोमबार, असार २४, २०८१
पहाडमा पहिरो र तराईमा डुबान वर्षैपिच्छेका समस्या हुन् । हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो । बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ ।
वर्षाका कारण लुम्बिनीका २ सय ३१ घर डुवानमा
सोमबार, असार २४, २०८१
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २ सय ३१ घर डुवानमा परेका छन् । विहीबारदेखि परेको निरन्तर वर्षाका कारण पाल्पा, दाङ, बाँकेका विभिन्न स्थानमा २ सय ३१ घर डुवानमा परेका हुन् ।
आजदेखि सरकारी खाता रोक्का
सोमबार, असार २४, २०८१
यही असार २४ गते मध्यरात (आज) देखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन...


