आज असार पन्घ्र : धान दिवस
शनिबार, असार १५, २०८१

गुल्मीको अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु
शनिबार, असार १५, २०८१
गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्युु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिदाँ अर्जेस्थित कडेलपाटामा एकै घरका ५ जनाको मृत्यु भएको हो ।

पाल्पा डेंगीको जोखिममा : सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह
शुक्रबार, असार १४, २०८१
स्वास्थ्य कार्यालय पाल्पाले जिल्ला डेंगीको जोखिममा रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । वर्षायाम सुरु भएसँगै संक्रमण ह्वात्तै बढेको भन्दै कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो ।

एसईईमा राम्रो नतिजा आएपछि तानसेनमा खुसीयाली
शुक्रबार, असार १४, २०८१
जिल्लाको तानसेन नगरपालिकाका दुई विद्यालयले २०८० को एसईईमा राम्रो नतिजा प्राप्त भएपछि खुसीयाली मनाएका छन् ।

पत्रकार महासंघको बुलेटिन प्रवाह सार्वजनिक
शुक्रबार, असार १४, २०८१
नेपाल पत्रकार महासंघ पाल्पाद्धारा प्रकाशित प्रवाह बुलेटिन पत्रिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले पत्रिका सार्वजनिक गरेका हुन् ।

नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक समीक्षा
शुक्रबार, असार १४, २०८१
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक पूर्व समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पाल्पाले ६ महिना भित्र जिल्लामा घटेका तथा हनन भएका मानवअधिकार हननका घटनाहरुको सार्वजनिक गरेको हो ।

गुल्मीमा ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
शुक्रबार, असार १४, २०८१
म्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।

‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’
शुक्रबार, असार १४, २०८१
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन ।
-1719573494.jpg)
प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग
शुक्रबार, असार १४, २०८१
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन ।

९ वर्षपछि पास फेल, धेरै विद्यार्थी अनुत्तीर्ण, सबै भन्दा बढी लुम्बिनीका
शुक्रबार, असार १४, २०८१
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले लेटर ग्रेडिङ लागु भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पास फेल उल्लेख भएको लब्धाड्ढपत्र सहितको नतिजा विहीबारसार्वजनिक गरेको हो ।

इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
शुक्रबार, असार १४, २०८१
गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क रुपमा अध्यापन गराउने भएको छ । इस्मा अन्तर्गत वडा नं ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो ।

पाल्पाको एसईई नतिजा : दुई जनाले ल्याए चार जिपिए , एक सय पाँच जनाको ए प्लस
बिहीबार, असार १३, २०८१
राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०८० को रिजल्टमा पाल्पाबाट दुुई जनाले चार जिपिए ल्याएका छन् । जिल्लाका एक छात्र र एक छात्राले चार जिपिए अंक प्राप्त गरेका हुन् ।

एसईईको नतिजा सार्वजनिक
बिहीबार, असार १३, २०८१
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।