तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु
शनिबार, भदौ २२, २०८१

आज गणेश चतुर्थी पर्व मनाइँदै
शनिबार, भदौ २२, २०८१
हरितालिका तिजको भोलीपल्ट । देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव स्परुप यो पर्व मनाउने गरिन्छ ।

निजामती सेवा दिवस मनाइँदै
शनिबार, भदौ २२, २०८१
आज (शनिबार) २१ औं निजामती सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
बिहीबार, भदौ २०, २०८१
लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।

शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य
बिहीबार, भदौ २०, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार ध्यान दिन आग्रह गरेका हुन् ।

आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस
बिहीबार, भदौ २०, २०८१
मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् ।

अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
बुधबार, भदौ १९, २०८१
नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउन्छन् । उनिहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।

आजको मौसम : देशको केही स्थानमा हल्का, कतै भारी वर्षा
बुधबार, भदौ १९, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

सहकारी सम्बन्धी छानबिन समितिको म्याद थप
बुधबार, भदौ १९, २०८१
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । प्रतिनिधिसभाले समितिको म्याद १५ दिन थपेको हो ।
समितिका संयोजक सूर्य थापाले प्रतिनिधिसभामा पेस गरेको म्याद थपसम्बन्धी प्रस्ताव मंगलबार बहुमतले पारित भएको छ ।

महिनाभर मनाउने गुँला पर्व आज सकिदै
बुधबार, भदौ १९, २०८१
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र शुल्क प्रतिपदाका दिन समाप्त हुन्छ । एक महिनासम्म धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलापर्वको आज समाप्ति हुँदै छ ।

जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित
मंगलबार, भदौ १८, २०८१
किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ । कविता, समालोचना, निबन्ध, नियात्रालगायत विधामा कलम चलाउँदै आएका भण्डारीलाई यस वर्षको जानकी साहित्य पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो ।