असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय
सोमबार, भदौ २४, २०८१

आज बीपी जयन्ती, सम्झनामा काँग्रेसले देशभर कार्यक्रम गर्दै
सोमबार, भदौ २४, २०८१
नेपालको राजनीति र साहित्यमा महतवपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपाली काँग्रेस, पार्टीका भातृृ संस्था÷शुभेच्छुक संस्थाहरुले कोइरालाको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागेका हुन् ।

बाँदर धपाउन पुलमा पाल टाँगेर ‘ड्युटी’
सोमबार, भदौ २४, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ प्युघाका किसानलाई बाली जोगाउनै मुुस्किल पर्ने गरेको छ । बारीमा मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदरको समूह आएर बालीनाली सखाप पार्न थालेपछि बाली जोगाउन यहाँका किसानलाई मुस्किल पर्ने गरेको हो ।

लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान
आइतबार, भदौ २३, २०८१
लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् ।

मनाइयो ऋषिपञ्चमी पर्व, सकियो तिज
आइतबार, भदौ २३, २०८१
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै चार दिन...

चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड
आइतबार, भदौ २३, २०८१
दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ । चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता लिएको हो ।

देशभर मनसुनी वायुको प्रभाव यथावत
आइतबार, भदौ २३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विश्व फिजियोथेरापी दिवस
आइतबार, भदौ २३, २०८१
आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष झैं यस वर्ष पनि यो दिवस मनाउन लागिएको छ ।

पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो
शनिबार, भदौ २२, २०८१
२१ औं निजामती सेवा दिवस पाल्पामा रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार कर्मचारी मिलन केन्द्रको आयोजनामा सदरमुकाम तानसेनमा रक्तदानसँगै विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको हो ।

संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
शनिबार, भदौ २२, २०८१
नेपाल सरकारले संविधान दिवस ९राष्ट्रिय दिवस०, २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।

बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु
शनिबार, भदौ २२, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैँडाकोट–११ का सात...

मौलिकता जोगाउँदै तानसेनका चेली
शनिबार, भदौ २२, २०८१
हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुुच्छे्र टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू ।

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य
शनिबार, भदौ २२, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन् । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए ।