स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
आइतबार, भदौ ३०, २०८१

राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकारको संरक्षण नारामै सीमित
शनिबार, भदौ २९, २०८१
आज राष्ट्रिय बाल दिवसविभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवसमनाउने गरिन्छ । सोही अनुसार यस वर्षको दिवस शनिबार मनाउन लागिएको हो ।

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २९, २०८१
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । नेपालसहित विश्वभर पवगतमा जस्तै विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

पाल्पाको माथागढीमा खोलाले बगाएर ५३ वर्षीय पुरुषको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
जिल्लाको माथागढी गाउँपालिका –४ सुर्कावासमा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार दिउँसो सुर्कावासस्थित झुम्सा खोला तर्ने क्रममा जिल्लाको तिनाउ गाउँपालिका – ४ बिजनचौरका ५३ वर्षीय शेर बहादुर चौहानको बगाएर मृत्यु भएको हो ।

बीस वर्ष नपुग्दै आमा बने महिला
शुक्रबार, भदौ २८, २०८१
सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन् । वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिईन् ।

बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन
शुक्रबार, भदौ २८, २०८१
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
शुक्रबार, भदौ २८, २०८१
हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् ।

श्रमदानबाट बन्यो ‘कल्भर्ट’
शुक्रबार, भदौ २८, २०८१
यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो ।

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
लिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

आज विश्व सेप्सिस दिवस
शुक्रबार, भदौ २८, २०८१
आज विश्व सेप्सिस दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १३ मा यो दिवस मनाउने गरिन्छ । सेप्सिस विरुद्धको लडाइँमा विश्वभरका मानिसहरू एकजुट हुने अवसरका रुपमा यो दिवसलाई लिइन्छ । यो सन् २०१२ मा ग्लोबल सेप्सिस गठबन्धनद्वारा सुरु गरिएको थियो ।
1707630125.jpg)
पाल्पाको रामपुरमा एकादशी र औँशीमा पशुपंक्षी ‘वध’ गर्न नपाइने
बिहीबार, भदौ २७, २०८१
जिल्लाको रामपुर नगरपालिका भित्र औँशी र एकादशीका दिन पशुपंक्षी वध गर्न नपाइने भएको छ । नगरपालिकाले धार्मिक आस्था र परम्परा तथा स्वास्थ्यलाई दृष्टिगत गरी उक्त दिन पशुपंक्षी वध गर्न नदिने भएको हो ।

तानसेनमा ‘पैरवी समूह’ गठन
बिहीबार, भदौ २७, २०८१
तानसेनमा पैरवी समूह गठन भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षमा वकालत, बहस तथा समन्वय र सहकार्य गर्ने उद्देश्यले परिलक्षित संस्थाले पैरवी समूह गठन गरको हो ।

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउको प्रयास : महासंघद्वारा गम्भीर ध्यानाकर्षण
बिहीबार, भदौ २७, २०८१
नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।