पाल्पा काँग्रेसको पार्टी कार्यालय आइसोलेसनलाई दिइने
आइतबार, वैशाख २६, २०७८
विवाहले फैलाउँदै कोरोना
शनिबार, वैशाख २५, २०७८
केही दिन अघि बुटवलमा भएको विवाह कार्यक्रमा सहभागी हुन पुगेका तानसेनका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । आफ्ना भान्जाको विवाहमा सहभागी हुन पुगेका श्रीमान, श्रीमतिलाई नै संक्रमण भएको छ । यति मात्र होइन त्यो विवाहमा सहभागी अन्य दर्जानौ व्यक्तिहरु समेत संक्रमणको शिखार बन्न पुगेका छन् ।
पाल्पामा शनिबार २३ जना संक्रमितले कोरोना जिते
शनिबार, वैशाख २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना जितेका छन् । शनिबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १९ जना पुरुषले कोरोना जितेका हुन् ।
गुल्मी काँग्रेसको कार्यालयलाई आइसोलेसन बनाइने
शनिबार, वैशाख २५, २०७८
नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ । पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।
गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका आइसोलेसन
शनिबार, वैशाख २५, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय सरकारहरुले चासो देखाएका छन् । यहाँ रहेका दुई नगरपालिका र दश गाउँपालिकाहरुले दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै तयारी थालेका छन् ।
बाँके र रुपन्देहीमा थप सात संक्रमितको मृत्यु
शनिबार, वैशाख २५, २०७८
कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–५’)
शनिबार, वैशाख २५, २०७८
बिहान उठेपछि आज कपडा धोए । पुरानै तालिका अनुसार घाम तापे । मन गहिरेका थप दुई वटा कथा पढें । कथा पढेपछि सामान्य लेखोट पनि गरेको छु । पछि केही लेख्न सजिलो होला । खाना अलि ढिलो खाईयो । यसो पल्टेको निदाइएछ । यसलाई भाते निद्रा भन्छन् क्यारे ¤ उठेपछि...
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो
शुक्रबार, वैशाख २४, २०७८
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्लामा संक्रमणको अवस्था कायमै रहेकोले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोली) राती १२ बजे सकिदै छ ।
पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण
शुक्रबार, वैशाख २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र १० जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा स्थानीय सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
शुक्रबार, वैशाख २४, २०७८
जिल्लाका केही स्थानीय सरकारहरुले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । कोरोना महामारीका बेला अग्रभागमा रहेर समाचार संकलन गरिरहेका जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाले पत्रकार महासंघ पाल्पा शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।


