महामारीमा बेमौसमी राजनीति
आइतबार, वैशाख २६, २०७८
पाल्पा काँग्रेसको पार्टी कार्यालय आइसोलेसनलाई दिइने
आइतबार, वैशाख २६, २०७८
नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयलाई कोभिड प्रभावितका लागि आइसोलेसन बनाउन दिइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि आवश्यक परेमा आइसोलेसन कक्ष बनाउन काँग्रेसले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।
विवाहले फैलाउँदै कोरोना
शनिबार, वैशाख २५, २०७८
केही दिन अघि बुटवलमा भएको विवाह कार्यक्रमा सहभागी हुन पुगेका तानसेनका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । आफ्ना भान्जाको विवाहमा सहभागी हुन पुगेका श्रीमान, श्रीमतिलाई नै संक्रमण भएको छ । यति मात्र होइन त्यो विवाहमा सहभागी अन्य दर्जानौ व्यक्तिहरु समेत संक्रमणको शिखार बन्न पुगेका छन् ।
पाल्पामा शनिबार २३ जना संक्रमितले कोरोना जिते
शनिबार, वैशाख २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना जितेका छन् । शनिबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १९ जना पुरुषले कोरोना जितेका हुन् ।
गुल्मी काँग्रेसको कार्यालयलाई आइसोलेसन बनाइने
शनिबार, वैशाख २५, २०७८
नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ । पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।
गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका आइसोलेसन
शनिबार, वैशाख २५, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय सरकारहरुले चासो देखाएका छन् । यहाँ रहेका दुई नगरपालिका र दश गाउँपालिकाहरुले दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै तयारी थालेका छन् ।
बाँके र रुपन्देहीमा थप सात संक्रमितको मृत्यु
शनिबार, वैशाख २५, २०७८
कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–५’)
शनिबार, वैशाख २५, २०७८
बिहान उठेपछि आज कपडा धोए । पुरानै तालिका अनुसार घाम तापे । मन गहिरेका थप दुई वटा कथा पढें । कथा पढेपछि सामान्य लेखोट पनि गरेको छु । पछि केही लेख्न सजिलो होला । खाना अलि ढिलो खाईयो । यसो पल्टेको निदाइएछ । यसलाई भाते निद्रा भन्छन् क्यारे ¤ उठेपछि...
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो
शुक्रबार, वैशाख २४, २०७८
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्लामा संक्रमणको अवस्था कायमै रहेकोले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोली) राती १२ बजे सकिदै छ ।
पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण
शुक्रबार, वैशाख २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र १० जना पुरुषले कोरोना जितेका हुन् ।


