ओली अल्पमतमा : राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने
सोमबार, वैशाख २७, २०७८
पाल्पामा कोरोना निको हुने बढे, एकै दिन ८१ जना संक्रमित डिस्चार्ज
सोमबार, वैशाख २७, २०७८
जिल्लामा पछिल्लो समय कोरोना जित्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र जिल्लामा ८१ जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २९ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोनाले निम्त्याएको निराशा
सोमबार, वैशाख २७, २०७८
कोरोना कहर र यसको भयावह अवस्थामा मनस्थितिमा त केहि लेखु जस्तो लागेको नै थिएन् । केहि लेखु की भनेर कलम चलाउन खोज्यो कुनै शव्द नै नआउने हँुदो रहेछ यो कोरोनाको भयावह स्थिति र त्यस माथी आफूले चिने जानेको र नजिकको मानिसको कोरोनाका कारण मृत्युको समाचार सुनेपछि मस्तिस्क त शून्य नै...
घर–घरमै पुगेर संक्रमितको उपचार गर्दै माथागढी
सोमबार, वैशाख २७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितको घर–घरै पुगेर उपचार गर्न थालेको छ । संक्रमित भई सामन्य अवस्थामा रहेका नागरिकहरुको गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले घरमै पुगेर उपचार थालेका हुन् ।
एसइई र कक्षा १२ को परीक्षा स्थगित
सोमबार, वैशाख २७, २०७८
आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए
आइतबार, वैशाख २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५८ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४४ जना सहित १ सय ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
आइतबार, वैशाख २६, २०७८
गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । जसमा १ सय ६७ जना पिसिआर पोजेटिभ र ४५० जना एन्टीजेन...
संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा
आइतबार, वैशाख २६, २०७८
जवानीमा पञ्चेबाजा बजाएर दिन रात बितेको पत्तै नपाउने गरेका रामपुरका ६० वर्षीय गिरबहादुर परियारले पछिल्ला वर्षहरुमा बाजा बजाउने दौँतरी नै पाएनन् ।
गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते
आइतबार, वैशाख २६, २०७८
गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् ।
संक्रमितको घरमै अक्सिजन पुर्याउदै कालिगण्डकी गाउँ सरकार
आइतबार, वैशाख २६, २०७८
जिल्लाको कालिगण्डकी गाउँ सरकारले कोरोना संक्रमितको घर–घरमै स्वास्थ्य अक्सिजन पुर्याउन थालेको छ । गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि गाउँ सरकारले संक्रमितहरूको घरमै पुगी अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू दिँदै आएको हो ।


