नवजनचेतना राष्ट्रिय दैनिक २०८२ वैशाख १६ गते मंगलबार
मंगलबार, वैशाख १६, २०८२
तानसेनमा विगेन नेपालको निःशुल्क ‘थर्मल थेरापी’ सेवा शुभारम्भ
सोमबार, वैशाख १५, २०८२
१० वर्ष अघि माया, खुसी र स्वास्थ्यको अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको विगेन नेपालले पाल्पाको तानसेनबाट पनि सेवा प्रारम्भ गरेको छ ।
यातायात कार्यालय पाल्पामा राजस्व संकलन बढ्यो
सोमबार, वैशाख १५, २०८२
गत वर्षको तुलनामा चालू आर्थिक २०८१/०८२ मा यातायात व्यवस्था सेवा कार्यालय, पाल्पाको राजस्व संकलनमा वृद्धि भएको छ । चालक अनुमति पत्र र सवारी साधनमा बृद्धि भएसँगै चालू आर्थिक बर्षको नौ महिनामा राजस्व संकलनमा वृद्धि भएको हो ।
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
सोमबार, वैशाख १५, २०८२
आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाउने गरिन्छ । सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई बढावा दिन यो दिवस मनाइँदै आएको छ ।
कार्यस्थलमा सुरक्षा र स्वास्थ्यको लागि दिवस
सोमबार, वैशाख १५, २०८२
आज नेपालसहित विश्वभर काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पहलमा हरेक वर्ष २८ अप्रिलमा यो दिवस मनाउने गरिन्छ । ठूला औद्योगिक राष्ट्रहरुसँगै विकासको दौडमा लागेका राष्ट्रहरुले कामदार, मजदूरको सुरक्षा र स्वास्थ्यमा ध्यान दिन सकुन् भनेर यो दिवस मनाउने गरेको पाइन्छ ।
पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुईजना घाईते
सोमबार, वैशाख १५, २०८२
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका – १ सिद्धेश्वरको जंगलमा डढेलो निभाउंन जाँदै गर्दा आइतबार राती स्थानीय युवाहरु सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गुल्मीमा गोठमा आगलागी हुँदा एक दर्जन पशुचौपाया मरे
आइतबार, वैशाख १४, २०८२
जिल्लाको मालिका गाउँपालिका – ८ मर्भुङ्ग किलिबाङ्गका तुल बहादुर घर्तीको कच्ची गोठमा आगालागी हुँदा एक दर्जन पशुचौपाया मरेका छन् । गोठमा पानी तताउने क्रममा आगलागी हुँदा गोठमा रहेका दुई भैसी र १० बाख्रा मरेका हुन् ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप
आइतबार, वैशाख १४, २०८२
आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो ।
श्रीमान्को किरिया बसेकी महिलाको मृत्यु
आइतबार, वैशाख १४, २०८२
तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको शनिबार मृत्यु भएको छ। तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल
आइतबार, वैशाख १४, २०८२
बुद्व जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो सांस्कृतिक फेस्टिबल र सेमिनार लुम्बिनीमा आयोजना गरिएको हो ।
तानसेनका महिला जनप्रतिनिधीलाई बजेट निर्माणका विषयमा प्रशिक्षण
आइतबार, वैशाख १४, २०८२
जिल्लाको तानसेन नगरपालिका भित्रका महिला जनप्रतिनिधिहरुका लागि बजेट निर्माण सम्बन्धी प्रशिक्षण दिइएको छ । द एसिया फाउण्डेसनले स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला जनप्रतिनिधीहरुलाई योजना संकलन, प्राथमिकरण र बार्षिक योजना निर्माणमा प्रशिक्षण दिएको हो ।
आज आमाको मुख हेर्ने दिन, आमालाई सम्मान गरी मनाइँदै
आइतबार, वैशाख १४, २०८२
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ ।


