काँग्रेस पाल्पाले दियो कुंसरेका विपन्न परिवारलाई राहत सामग्री
आइतबार, साउन २४, २०७८
एनआरएन स्कटल्याण्डको अध्यक्षमा भण्डारी
आइतबार, साउन २४, २०७८
गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डको अध्यक्षमा काशिराम भण्डारी विजयी भएका छन् । सफल व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल भण्डारी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
लुम्बिनीमा आइतबार चार संक्रमितको मृत्यु
आइतबार, साउन २४, २०७८
बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन संक्रमितको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
एक अर्ब ६५ करोडको डाइपर आयात
आइतबार, साउन २४, २०७८
गत आर्थिक वर्षमा नेपालले रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ ।
पाल्पा पनि ‘रेड जोन’मा, छैन सतर्कता
आइतबार, साउन २४, २०७८
पाल्पा सहित लुम्बिनी प्रदेशका पाँच जिल्ला ‘रेड जोन’ मा परेका छन् । पाल्पा, गूल्मी ,कपिलवस्तु, प्यूठान र अर्घाखाँचीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खतराको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले पाल्पालाई ‘रेड जोन’को सूचीमा राखे पनि सतर्कता भने अपनाइएको छैन ।
साउन महिनाका पर्वहरु
आइतबार, साउन २४, २०७८
सूर्य एक राशीबाट अर्को राशीमा प्रवेश गर्ने संक्रमणकालीन पवित्र दिनलाई संक्रान्ति भनिन्छ । त्यसमा पनि माघे संक्रान्ति र साउने संक्रान्तिलाई अझ विशेष दिन मानिन्छ ।
लोकतन्त्र कमजोर नबनाऊ
आइतबार, साउन २४, २०७८
नेपालमा पछिल्लो समय लोकतन्त्र कमजोर बन्दै गएको छ । विभिन्न राजनितिक दलहरुकै कारण लोकतन्त्र कमजोर बन्दै गएको हो । लोकतान्त्रिक बहुदलीय व्यवस्थाको सुन्दरता भनेको संविधानवादको पालना, मानव अधिकारको प्रत्याभूतिलगायत आवधिक चुनाव हो ।
लायन्स क्लव पाल्पा भैरवले दियो आश्रमका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न
शनिबार, साउन २३, २०७८
जिल्लामा क्रियाशिल रहेको लायन्स क्लव पाल्पा भैरवले तानसेनको निल सागर सेवा आश्रममा रहेका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडबाट प्रभावित रहेका असायह र जेष्ठ नागरिकहरुका लागि क्लवले खाद्यान्न सहयोग गरेको हो ।
नारायण युवा क्लवले मनायो साधारण सभा तथा अधिवेशन
शनिबार, साउन २३, २०७८
तानसेनमा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नारायण युवा क्लवले आफनो २४ औं साधारण सभा तथा अधिवेशन मनाएको छ । क्लवले शनिबार न्यून सदस्यहरुको उपस्थितीमा स्वास्थ्य मापदण्डको पालना गरी साधारण सभा तथा अधिवेशन मनाएको हो ।
एसइई नतिजा प्रकाशित
शनिबार, साउन २३, २०७८
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही अनुसार नतिजा प्रकाशित भएको छ ।
कक्षा १२ को परीक्षा स्थगित
शनिबार, साउन २३, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।


