एकाघरका चार दृष्टिविहीनका लागि घर बनाइँदै
बुधबार, वैशाख २४, २०८२
पाल्पामा सञ्चाालित पत्रकारहरुको लागि डिजिटल क्षमता विकास तालिम सकियो
बुधबार, वैशाख २४, २०८२
जिल्लाको तानसेनमा सञ्चालित पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शाखाको व्यवस्थापनमा सञ्चालित तालिम बुधबार सकिएको हो ।
पाकिस्तानमा भारतको आक्रमण
बुधबार, वैशाख २४, २०८२
भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ । बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानलाई आक्रमण गरेको हो ।
कार्यान्वयनको सार्थकता
बुधबार, वैशाख २४, २०८२
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गरेको छ । यसलाई सरसर्ती हेर्दा राम्रै देखिन्छ । केही नयाँ कार्यक्रम र केही पुरानै कार्यक्रमको पुनरावृत्ति गरिएका छन् । देश, जनता, मतदाता, महिला, युवा, दलित, अल्पसङ्ख्यक र विपन्नलक्षित कार्यक्रम छन् । कृषि, उद्योग, पर्यटन र प्रविधिको चर्चा धेरै गरिएको छ ।
नेपाली सेनाद्वारा ‘माथागढी पार्क’ पालिकालाई हस्तान्तरण
मंगलबार, वैशाख २३, २०८२
जिल्लाको माथागढी गाउँपालिकामा रहेको ऐतिहासिक गढीमा उद्यान पार्क निर्माण गरि माथागढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेना मध्यपश्चिम हेक्डक्वाटर बुटवलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उद्यानको पृतानपति उपरथि प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिलाई हस्तान्तरण गरेका हुन् ।
रहेनन् वामपन्थी नेता नेपाल
मंगलबार, वैशाख २३, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा ७१ बर्षको उमेरमा उनको मंगलबार दिउँसो निधन भएको हो ।
पाल्पामा पत्रकारहरुको लागि डिजिटल क्षमता विकास तालिम सुरु
मंगलबार, वैशाख २३, २०८२
पाल्पा र गुल्मीका पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम तानसेनमा भएको सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शखाको व्यवस्थापनमा तालिम सञ्चालन भएको हो ।
फेरि अवरूद्ध भयो दाउन्ने खण्ड
मंगलबार, वैशाख २३, २०८२
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरूद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा मंगलबार बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरूद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिपक्ष सांसदले जनाए असन्तुष्टि, कर्मकाण्डी भएको आरोप
मंगलबार, वैशाख २३, २०८२
संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । सोमबारदेखि संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनमाथि सुरू भएको हो ।
आज सीता जयन्ती
मंगलबार, वैशाख २३, २०८२
हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ ।
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
मंगलबार, वैशाख २३, २०८२
रुपन्देही, नवलपुर र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देही र रोल्पामा एक/एक जनाको शव फेला परेको छ भने नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो ।


