Shittalpati
पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए खोप
पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए खोप जिल्लामा ८४ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि सञ्चालन भएको खोप अभियानमा मंगलबार सम्ममा ८४.६६ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धकोे खोप लगाएका हुन् ।
तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा
तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ्ग, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।
गुल्मीका स्थानीय तहविरुद्ध उजुरीको चाङ, ४४ उजुरी अख्तियारमा
गुल्मीका स्थानीय तहविरुद्ध उजुरीको चाङ, ४४ उजुरी अख्तियारमा संघीयता पछि जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । जहाँ शिक्षा स्वास्थ्य, रोजगार, पूर्वाधार विकासको क्षेत्रमा वर्षेनी करोडौ बजेट खर्च भइरहेको छ । तर अपेक्षित उपलब्धि भने हासिल गर्न सकिएको छैन । विकासमा घोटाला गर्ने प्रवृत्ति स्थानीय तहमा अधिक मौलाएको पाइन्छ । गुल्मीमा पनि स्थानीय सरकारविरुद्ध भ्रष्टाचार अनियमितताका...
‘अवसर पाए बगनासकालीको मुहार फेर्न सक्छु’
‘अवसर पाए बगनासकालीको मुहार फेर्न सक्छु’ पाल्पाको बगनासकाली गाउँपालिकामा ९ वटा वडा छन् । जसमध्ये वडा ९ चापपानी एक हो । गाउँपालिका भित्रका वडा मध्ये कै उत्कृष्ट वडा हो चापपानी । जसको नेतृत्व नेपाली काँगेसबाट निर्वाचित ठानेश्वर तिमिल्सीनाले गरेका छन् । पाँच वर्षअघि उनी निर्वाचित भएर आउँदा प्रशासनिक संरचना थिएन । कार्यालय सञ्चालनका लागि न त...
अर्थतन्त्र सुधारमा छैन संवेदनशीलता
अर्थतन्त्र सुधारमा छैन संवेदनशीलता पछिल्लो समय मुलुकको अर्थतन्त्र संकट अवस्थामा छ । अर्थतन्त्रका अधिकांस आँकडाहरू चिन्ताजनक नै देखिन्छन् । तर सम्बन्धित निकाय यसप्रति संवेदनशील देखिदैन । बरु सरकार केन्द्रीय बैंकको नेतृत्वलाई निलम्बन गरेर मुलुकलाई आर्थिक अस्थिरताको प्रवेश बिन्दुमा धकेल्न उद्धत देखियो ।
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । युनियनका गतिविधि र विचारलाई आत्मसाथ गर्दै घिमिरे मंगलबार युनियन प्रवेश गरेका हुन् ।
गुल्मी काँग्रेसको संसदीय बोर्ड गठन
गुल्मी काँग्रेसको संसदीय बोर्ड गठन नेपाली काँग्रेस गुल्मीले संसदीय बोर्डको गठन गरेको छ । सभापति खिलध्वज पन्थीको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधान अनुसार गुल्मी काँग्रेसको संसदीय बोर्डको गठन गर्ने निर्णय बमोजिम बोर्ड गठन भएको हो ।
जीर्ण अवस्थामा ढुङ्गे धारा
जीर्ण अवस्थामा ढुङ्गे धारा संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिका–२ ढाँडाको ढुङ्गे धारा । विगतमा ढाँडा र व्यादीको सिङ्गो गाउँले खानेपानी र सरफाइको रुपमा प्रयोग गर्दै आएको ढुङ्गे धारा अहिले संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । यहाँका अधिकांश पुराना ढुङ्गे धारा सुकिसकेका छन् भने केही लोप भइसकेका छन् ।
गुल्मीमा दलहरु उम्मेदवार छनोट गर्न व्यस्त
गुल्मीमा दलहरु उम्मेदवार छनोट गर्न व्यस्त आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म काँग्रेस, एमाले र माओवादी...
एनसेलले ल्यायो नयाँ वर्ष योजना
एनसेलले ल्यायो नयाँ वर्ष योजना एनसेलले नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको जनाएको हो । उक्त अफरहरु आइतबारदेखि सञ्चालनमा आएको छ ।
चुनावप्रति संशय
चुनावप्रति संशय आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन एक महिना मात्र बाँकी छ । चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरिसकेको सत्ता गठबन्धनले कहाँ कसरी तालमेल गर्ने भन्नेबारे टुंगो लगाउन सकेको छैन । उम्मेदवार लिएर चुनावी प्रचारमा निस्किने बेला गठबन्धन दलहरू भने उम्मेदवार चयन गर्न नसकेर आन्तरिक विवादमा फसेका छन् ...
Weather Update