जीर्ण अवस्थामा ढुङ्गे धारा

संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिका–२ ढाँडाको ढुङ्गे धारा । विगतमा ढाँडा र व्यादीको सिङ्गो गाउँले खानेपानी र सरफाइको रुपमा प्रयोग गर्दै आएको ढुङ्गे धारा अहिले संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । यहाँका अधिकांश पुराना ढुङ्गे धारा सुकिसकेका छन् भने केही लोप भइसकेका छन् । कतिपय जीर्ण अवस्थामा भेटिन्छन् । भएका ढुङ्गे धारा मध्येमा पनि प्राकृतिकरूपमा पानी आउने धारा निकै कम भेटिन्छन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा ऐतिहासिक महत्व बोकेका यस्ता ढुङ्गे धाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका छन् । भावी पुस्ताले यस्ता परम्परागत ढुङ्गे धाराहरु देख्न नपाउने हुँदा भएका ढुङ्गे धाराहरुको संरक्षण गर्न स्थानीय सरकारले चासो देखाउन जरुरी छ । –तस्वीर : रामचन्द्र रायमाझी /एनजेडी
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्